लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई सरकारको निर्देशन

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। एक सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।बिहीबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुलाइ पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ । अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने जनाईएको छ ।

कमेन्ट गर्नुहोस्