लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा २४ घण्टाका बीचमा १८ जना कोरोना संक्रमितको मृत्यु

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । रुपन्देहीमा सोही समयावधीमा ज्यान गुमाएको संख्या अहिले सम्मकै बढी संख्या हो । २४ घण्टाकैबीचमा जिल्लामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधीमा ४९२ जना कोरोना मुक्त भएका छन् ।


आज रुपन्देहीको बुटवल उपमहानगरमा १९४ जना, तिलोत्तमामा १३० जना, सिद्धार्थनगरमा ४५ जना, सैनामैनामा ४१ जना, देवदह र कञ्चनमा २०।२० जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सियारीमा ११ जना, कोटहिमाईमा ९ जना, ओमसतियामा ८, सुद्धोधनमा ५ जना, गैडहवामा ४ जना, मायादेबीमा ३, रोहिणीमा २ र लुम्बिनी साँस्कृतिक नगर तथा सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।जिल्लामा मृत्यु हुनेको संख्या ३२७ पुगेको छ भने रुपन्देहीमा ७४७० जना सक्रिय संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्