लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि ,निको हुने ६३ प्रतिशत

IMG

बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी।  रुपन्देहीमा थप ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १६ जनाको कोरोना बाट पछिल्लो २४ घन्टामा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवलमा सबैभन्दा बढी ३९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिदार्थनगरमा १०२ जना , तिलोत्तमामा १७४ जना , देवदहमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


त्यस्तै सैनामैनामा ५९ जना , रोहिणीमा २१ जना , शुद्दोधनमा १३ जना , सियारिमा ५ जना , गैडहवा र मायादेविमा ९ जना , ओमसतियामा १४ जना , कन्चनमा १३ जना , मर्चावारिमा १ जना र कोतहिमाईमा ३ जना संक्रमण पुष्टि भएको हो ।रुपन्देहीमा हालसम्म ३०९ जनाको मृत्यु भैसकेको छ भने निको हुने ६३ प्रतिशत रहेको छ । रुपन्देहीमा सक्रिय संक्रमित सात हजार दुई रहेका छन् ।

कमेन्ट गर्नुहोस्