
बैशाख २९ गते बुधबार २०७८ तिलोत्तमा सिटी।नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षण ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।त्यस्तै, पछिल्लो २४ घण्टामा थप १ सय ६८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्