लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा आज ४३८ जना कोरोना मुक्त

IMG

सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिने क्रममा केहि कमी आएपनि रुपन्देहीमा मृत्युदर भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा ११ जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार आज बुटवल उपमहानगरमा २६० नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना र देवदहमा र सैनामैनामा २४।२४ जना संक्रमित थपिएका छन् । त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३।३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रुपन्देहीमा सोही अवधीमा ४३८ जना कोरोना मुक्त भएका छन् । 

कमेन्ट गर्नुहोस्