
सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी। "अर्को जुनी खै कुन्नी कस्लाइ थाहा छ र खै ! यहि जुनीमा कोरोनाबाट बचौं है !!" यो हो नेपाल टेलिकमको नयाँ रिङ्ग्ब्याक टोन । उक्त टोनमा यो संगै कोरोनाबाट बच्न मास्क लगाउन, दुरि कायम गर्न, हात धुन र घरमैबस्न पनि अनुरोध गरिएको छ । यसरी टेलिकमको रिङ्गब्याक टोनमार्फत जनतालाई सचेत बनाउने काम गर्न खोजिएको बुझ्न सकिन्छ ।तर, उक्त रिङ्गब्याकटोनमा त्यतिमात्र भनिदैन । यो पनि भनिन्छ कि "अस्पतालमा ठाउँमा छैन, उपचार गर्नलाई … छट्पटीदै बस्नुभन्दा…" । जसले आम नागरिकलाई स्पष्ट रुपमा राज्यले उपचार गर्न सक्दैन, छट्पटीदै मर्नुपर्ला भन्ने भाव ब्यक्त गर्दछ ।
नेपाल टेलिकम नेपाल सरकारको स्वामित्व रहेको संस्था हो । सरकारको स्वामित्व रहेकै संस्थाले यसरी आम जनतालाई आतंकित पार्ने गरि अस्पतालमा ठाउँ छैन, उपचार गर्नलाई भन्ने सन्देश दिनुले या त नेपाल सरकार आफ्ना नागरिकको उपचार गर्नुपर्ने आफ्नो दायित्वबाट पछाडि हटेको वा हट्दै गरेको संदेश जान्छ । या त नेपाल टेलिकम शब्द चयनमा त्यती सजग नभएको बुझ्न सकिन्छ । कोरोनाको महामारीसंग जुध्दै गरेका नागरिकको आत्मवल बलियो बनाउनै पर्छ । बलियो आत्मबलले कोरोना मात्र होइन अन्य कुनैपनि रोगसँग जुध्न र विजय प्राप्त गर्न सकिन्छ । त्यसकोलागि नागरिकलाई राज्य संयन्त्रको आड र भरोसा चाहिन्छ । उनीहरूमा हामिलाई हेर्ने हाम्रो राज्यसंयन्त्र छ । अस्पतालमा उपचार पाइन्छ । रोग निको हुन्छ भन्नेमात्रै पनि पर्यो भने उनीहरूले घरमै बसेर पनि कोरोनाबिरुद्दको लडाइँ जित्न सक्छन । तसर्थ, यसप्रकारका सूचना प्रवाह गर्नेक्रममा नेपाल टेलिकम जस्ता सस्थांहरु थप सजग हुनुपर्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्