लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स क्लव बुटवल खस्यौलीले अस्पताललाई दियो अक्सिजन सिलिन्डर

IMG

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावको खवर बाहिरीए पछि लायन्स क्लव बुटवल खस्यौलीले अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ। लायन्स क्लव अफ बुटवल खस्यौलीले  आज लुम्बिनी प्रादेशिक अस्पतालले उपलब्ध गराएको खाली सिलिन्डरमा अक्सिजन रिफिल गरी अस्पताललाई उपलब्ध गराएको हो ।


लुम्बिनि प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाईरस संक्रमित बिरामीका लागि अक्सिजन अभाव भएको शिर्षकका सामाचारहरु संचार माध्यममा बाहिरीए पछि आफुहरुले तत्काल अस्पताल सँग समन्वय गरेर अक्सिजन उपलब्ध गराएको क्लवका सस्थापक अध्यक्ष मुत्ति प्रसाद श्रेष्ठले जानकारी दिए । लायन्स जिल्ला परिषद ३२५ बि २ नेपालको क्षेत्र नं. ४ र बुटवल उपमहानगरपालिका बिच सम्झौता भई अक्सिजन बैंक खोलीए पछि क्लवले पनि अक्सिजन बैकलाई सहयोग गर्ने तयारी गर्दै गर्दा उपचाररत बिरामीलाई अस्पतालमा अक्सिजनको अभावमा चिकित्सकहरु अक्सिजन खोज्न भौतारिदै गरेको समाचारहरु बाहिरीएपछि अक्सिजन बैक भन्दा पनि सोझै प्रादेशिक अस्पतालसँग समन्वय गरेर अक्सिजन उपलब्ध गराईएको क्लवका अध्यक्ष राजु पौडेलले जानकारी दिनु भयो । अस्पतालसँग सोझै समन्वय गरेर खाली सिलिन्डर माग गर्दा भने प्रकृयागत झन्झट व्यहोर्नु परेको उहाले बताउनुभयो । 


क्लव भित्रका सदस्यहरु बीच छोटो समयमा नै भर्चुवल माध्यमाबाट छलफल गरी तत्काल नै ई–बैंकिङ्ग मार्फत रकम संकलन गरी अस्पतालमा अक्सिजन उपलब्ध गराउन सकिएको र आगामी दिनमा पनि आफुहरु यो माहामारीका बिरुद्ध जस्तो सुकै पनि सेवा गर्न तयार रहेको क्लवका पुर्व अध्यक्ष गोपाल पाण्डेले बताउनु भयो।

कमेन्ट गर्नुहोस्