लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा परीक्षणको ५४ प्रतिशत बढीमा कोरोना, तिलोत्तमामा मात्रै ८७ जनामा संक्रमण

IMG

तिलोत्तमा २०७८ बैशाख १७ गते शुक्रबार। रुपन्देहीमा दिनप्रतिदिन कोरोनाका संक्रमित बढ्दै गएका छन् । जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा गरिएको कोरोना परीक्षणको क्रममा ५४ प्रतिशत भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा ८४६ जनाको कोरोना परीक्षण गर्दा ५४ प्रतिशत भन्दा बढी अर्थात ४५९ जनामा संक्रमण पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा २१६, सिद्धार्थनगर नगरपालिकामा ७३, तिलोत्तमा नगरपालिकामा ८७, देवदह नगरपालिकामा २०, सैनामैना नगरपालिकामा १६, सियारी गाउँपालिका र ओमसतिया गाउँपालिकामा ७/७, मायादेवी गाउँपालिकामा र कन्चन गाउँपालिका र सुद्धोधन गाउँपालिकामा ८/८ जना,गैडहवा गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहिमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २/२ जना र मर्चवारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


यस्तै बितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९१ पुगेको छ । साथै जिल्लामा हाल २ हजार ९३० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्