लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भाषा,लिपि र उच्चारण : बिक्रम थापा (हाल दक्षिण कोरीया)

IMG

तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार।   

प्रात:काल बिस्तराबाट उठेपछी हामीले आफ्नो हत्केलालाई पुस्तक बनाएर,

 "कराग्रे बसते लक्ष्मी:करमध्य सरस्वती ।

करमूले तु गोबिन्द: प्रभाते करदर्शनम" ।।

भनेर रातभरी निदमा भएको आँखा खोल्दछौं। यति भनेपछी हाम्रो दिन खुब राम्रोसंग गुज्रन्छ।


मानवको उत्पत्ति  र क्रमिक बिकाससगै दुई खुट्टाले हिंड्न सिक्यो।सङ्घर्षरत जीवनसंग लड्दै हिंसक जनावरसंग बच्न तथा सिकार गर्न ढुंगाको हतियार बनाउन थाल्यो।आफ्नो मस्तिष्कलाई प्रयोगमा ल्याएर जनवार भन्दा भिन्न हुन थाल्यो। बिस्तारै उसको कण्ठबाट ध्वनि  निस्कन थाल्यो।अब उ बोल्न सुरु गर्‍यो। मानवले भाषालाई पनि जन्म दियो। हजुर भाषा। आज यही भाषाको ईतिहास, दक्षिण कोरियाको इतिहासको पानो बाट।कोरियाको भाषासम्म पुग्नको लागि पहिला हाम्रै भाषाको गहिराइमा पुग्नु जरुरी छ।


संसारमा लिपिको प्रादुर्भाव तथा बिकासको सुरुवात।

आज भन्दा ५ हजार बर्ष पहिला इजिप्ट तथा मेसोपोटामियामा चित्रलिपि भाषाको आविष्कार भएको थियो। यो चरा,गाई,सर्पको चित्रको आधारमा बनेको चित्रलिपि भाषा थियो।केही समय पछि यो लोप भएर गयो। तत्पश्चात ३५ सय बर्ष पहिला  इजिप्टमा पुनः  फोनेसियन लिपिको आविष्कार भयो।लेखिएको कुरा बुझ्न कठिन भएता पनि यसैको आधारमा दर्जनौं लिपिहरुले नयाँ जन्म लिए।मिस्र सभ्यताको फोनेशियन लिपीको जरो तिन भागमा विभाजन भएर संसारमा फैलियो।


फोनेशियन भाषा लिपिको जरो हाम्रो नेपाली भाषासम्म

  इजिप्टबाट फोनेशियन लिपिको जरो फैलिएर पश्चिमतिर ग्रीक,रोम,हुँदै बेलायत पुग्यो।अर्को जरो पुर्वतिर अरब देश हुँदै मध्य एसिया पुग्यो। तेस्रो जरो हिन्दमहासागर हुँदै हाम्रो देशको सुदुरपस्चिम अहिले पाकिस्तान र भारतमा पर्ने  सिन्धु नदिको किनारामा आइपुग्यो।फोनेशियन लिपिको जरो यहाँ मात्र रोकिएन यो लम्बिएर हाम्रै देशको बाटो तिब्बतसम्म पुग्न सफल भयो।यसरी इजिप्टको फोनेशियन भाषाको जरो ग्रीकमा  युनानी भाषा,रोममा ल्याटिन इङ्गल्यान्डमा अंग्रेजी नामले नामाकरण भए।अर्को तर्फ तिब्बतमा तिब्बति,नेपाल तथा भारतमा संस्कृत भाषालाई जन्म दियो।यसरी एउटै रुखका जराहरु फैलिएर हिन्द युरोपियन,हिन्द इरानी,हिन्द आर्य,भोटबर्मेली भाषाको विशाल परिवारको रुख बन्न पुग्यो।अर्कोतिर पुर्बी एसियामा यो भाषा परिवारको कुनै सम्बन्ध रहेको छैन।चिनमा जन्मेको भाषा लिपिले पुर्बी एसियाली भाषा जन्माएको छ। चिनमा शंखेकिराको खोल,र जनवारको हड्डीको चित्रबाट  लिपि तयार पारेको ईतिहास जान्न सकिन्छ।जसबाट कोरिया,जापानसम्म फैलिएको थियो।


साझा सम्पर्क तथा सरकारी कामकाजको हाम्रो प्यारो नेपाली भाषा 

संसारमा भएका २३७ वटा देशहरुमा  ७ हजार भाषा बोलिन्छ।तर लिपि बोकेका भाषा भने मात्र ३० वटा रहेका छन।यिनै ३०वटा लिपिभएका भाषाहरुसँग अक्षरहरु सापटी मागेर ७ हजार भाषा तयार भएका छन। नेपाली भाषा संसारको ३० वटा लिपि मध्यको एक बैज्ञानिक भाषा हो।भारोपेली भाषा परिवारको सदस्य मध्यको नेपाली भाषाको लिपिको नाम देवनागरी हो।भाषा बिज्ञानको आधारमा देवनागरी लिपिलाई  अक्षरात्मक लिपि भनेर भनिन्छ।हाम्रो नेपाली भाषाको बिशेषता अलग्गै छ। अक्षरले स्वर पनि ब्यञ्जन पनि आँफैले बोकेका छन।हाम्रा अक्षरलाई सिँगारपटार गर्नु पर्दैन।आँफैमा आकारयुक्त छन।ध्वनि मात्र नभई आँफैले संयुक्त वाक्य बनाउन पनि सघाउ पुर्याउछन।आंफैमा संयोजक शब्द समेत हुन।हाम्रो नेपाली भाषाका अक्षरमा ठूलो सानो भन्ने भेदभाव छैन।


आधा अक्षरलाई साथ चाहियो भने पुरै सिंगै अक्षर गएर टेको लगाइदिन्छन।रोमन लिपिको वर्ण हाम्रो नेपाली भाषाको वर्ण जस्तो आफैँमा बनेको भाषा हैन यस्लाई बनाइएको हो।हाम्रो भाषामा प्रत्यक ध्वनिको लागि एउटा चिन्ह प्रयोग गरिन्छ।जस्तै " क"लेख्दा "क"नै लेख्दछौं।रोमन लिपिमा चाहिँ "सि"बाट पनि "क"।"के" बाट पनि "क"उच्चारण हुन्छ।"ज" उच्चारण  लेख्न परेमा अंग्रेजिको "जे" बाट,"जेड"बाट "ञस"बाट  "ज"उच्चारण हुन्छ।त्यतिमात्र होर "यक्स" अक्षर बाटपनि "ज" उच्चारण भएको छ।हरेक भाषालाई हाम्रो उत्तिकै सम्मान छ। तर हाम्रो नेपाली भाषा अरु विदेशी भाषाको तुलनामा समृद्ध  छ।महान छ।


नेपाली भाषाको बिकासक्रम तथा वर्णको संरचना 

विदेशी लेखकहरुले हाम्रो सुन्दर देश नेपालको बारेमा लेखेको कुरालाई थाती राखेर, हिन्द आर्य भाषाको मुल जरोको उपसाखा बाट आजभन्दा ३ हजार बर्ष पहिला वैदिक संस्कृत भाषाको उदय भयो।जस्ले ॠग्वेदको जन्म गरायो।समयसंगै यो वैदिक संस्कृत बोलीचालीको भाषामा परिणत हुन थाल्यो।जस्लाई लौकिक संस्कृत भनिन थालियो।तत्पश्चात महात्मा बुद्धको समयमा पाली भाषा देखा पर्यो।त्यसपछी प्राकृत हुँदै अपभ्रंश भएर  खस नेपाली भाषाको उद्भव भएको भने्र हाम्रा ठेट नेपाली इतिहासकारहरु बाट जान्न सकिन्छ।


खस भाषाको उद्गम थलो सिन्जा

हाम्रो देशको इतिहासमा मानव सभ्यताको  ऐतिहासिक थलो कर्णालीको सिन्जा खोलाबाट खस भाषाको उत्पत्ति  भएको थियो भनेर जान्न सकिन्छ।( खोलाबाट भन्नुको तात्पर्य प्राचीन मानव सभ्यता नदिकै किनारामा बसोबास गरेकोले,सिन्जा उपत्यकाको खोलालाई सम्मान गरिएको)। हाम्रो देशको सुदुरपस्चिमको सिन्जामा  जन्मेको भाषा भएकोले प्राचिनकालमा यस्लाई सिन्जाली भाषा पनि भनिन्थ्यो।मध्यकालमा पर्वते भाषा,गोर्खाली भाषा हुँदै अहिले राष्ट्रभाषा नेपालीको नामले चिनिन पुगेको छ।रास्ट्रपिता पृथ्वीनारायण शाहको एकीकरण अभियानमा नेपालमा भएका सारा जातिहरु गोर्खा पल्टनमा लाहुरे भएपछी खस भाषाले ठूलो स्थान पाएको देखिन्छ।बहादुर शाहले  २२से २४से राज्य एकीकरण गरेपछी खस भाषाको उद्गम थलो सिन्जा राज्यनै नेपालमा गाभिन पुग्यो।


अनि त सलसली बगेर  सर्वत्र फैलियो।बिक्रम संवत् १९१० मा भानुभक्त आचार्यले संस्कृत रामायाणलाई नेपाली लोकलयमा उल्था गरेपछी, नेपाली भाषाले  झनै प्रसिद्धि पायो।बिक्रम संवत्  १९५८ मा श्री ३ देवशम्शेर जवराले गोरखापत्र बाट नेपालिमा  समाचार छापेपछि,साथै पाठ्यपुस्तक तयार गरेर दरवार स्कुललाई सर्वसाधारणले पनि पढ्न पाउने अधिकार दिएपछी त नेपाली भाषाको स्तुतिगान नै हुन थाल्यो।समयसगै नेपालिमा किताब लेख्ने प्रेमनिधि पन्त,लिपिबद्द तथा ब्याकरणमा सुद्धासुद्धि गर्ने स्रष्टा सोमनाथ सिग्देल,खस नेपाली भाषाको व्युत्पत्ति तथा ईतिहास लेख्ने सत्यमोहन जोशी,प्रा.चुडामणी बन्धु,जय पृथ्वीबहादुर सिंह जस्ता धेरै पुजनिय अग्रजहरुको कारण आज हाम्रो नेपालको राष्ट्र भाषा समृद्ध भाषा बन्न पुगेको छ।अब लागौं कोरिया भाषाको इतिहासमा।


कोरियन भाषाको इतिहास (सन १४४६ भन्दा अगाडि )

 कोरियामा सन १४४६ सम्म कोरियाको आफ्नो भाषा थिएन।त्यतिबेला सम्म छिमेकी राष्ट्र चिनमा बोलिने हान्चा भाषा सापटी लिएर बोलिने गरिन्थ्यो।त्यो समय सर्वसाधारण जनताहरुले हान्चा भाषा नत राम्रोसँग  बोल्न जान्दथे,नत लेख्न नै।"कालो अक्षर भैँसी बराबर"भनेजस्तै थियो।राजा,तथा भाईभारदार,उच्च कर्मचारीले चीन गएर अध्ययन गरेर आउँदथे।त्यसैको आधारमा उनिहरुले  नियम कानुन बनाउने गर्दथे।जनताले चिनको भाषा बुझ्न कठिनाइ भएको थियो।हान्चा भाषामा लेखिएको कानुन नबुझ्दा निर्दोष जनताले सजाय पाइरहेका थिए।अर्कोतर्फ बुद्ध धर्मको बर्चस्व भएकोले बुद्धधर्म मान्ने अनुयायी तथा लामाहरु संस्कृत भाषामा प्रकाण्ड थिए।उनिहरु संस्कृतमा बोल्दथे।संस्कृत कसरी बोल्न सके भन्ने उत्सुकतामा कोरियनहरु १२औँ शताब्दी भन्दा पहिला हाम्रै देशको बाटो भएर भारतको नालान्दा विश्वविद्यालय अध्यन गर्न गएका थिए।जनताको भाषाको समस्या बुझेर तत्कालिन राजा सेजोङले आफ्ना विद्वानहरुलाई बोलाएर चिनको हान्चा भाषालाई जनताले बुझ्ने भाषामा बनाउन आदेश दिएका थिए।कोरियन भाषाविदहरुले हान्चा भाषाका अक्षरहरु निकालेर अलग्गै कोरियामा बोलिने भाषा बनाए।यस्लाई "इदु"भाषा भनियो।तर यस्लाई पनि  जनताले बुझ्न कठिनाइ पर्यो।


कोरियामा कोरियन लिपि " हानगुल"को आविस्कार (सन १४४६)

सन १४४३ मा तत्कालीन राजा बडामहाराजाधिराज सेजोङले देशका प्रजाले भाषाको कारण दु:ख पाएको बुझेका थिए।उनी कोरियाको इतिहासमा एक प्रजापालक राजा थिए।एकदिन उनले कोरियन भाषा बनाउने निर्णय लिएछन।अनि भारदार,विद्वान कसैलाई पनि नबोलाई आफ्नै युवराज मुनजोङ र राजकन्या छ्ङ ई  संग मिलेर भाषा बनाउने योजना बुनेछन।रोचक कुरा ती राजाले भाषा बनाउने कुरा गरेपछी, राजकुमारले विद्वानलाई बोलाउने कि भन्ने प्रश्नमा राजाले भनेछन" तिनिहरु चिन र चिनको भाषा संग नजिक छन।यदि आफ्नै भाषा बनाउने भनेमा उनिहरुले बिरोध गर्ने छन।यसर्थ गोप्य तरिकाले बनाउनु पर्छ" भनेका थिए रे।लगातार तीन बर्षको कडा मेहनतले सन १४४६ मा भाषा तयार गर्न सफल भए।१७ वटा व्यञ्जन वर्ण ११वटा स्वरवर्ण भएको त्यो वर्णमालालाई राजसभा बोलाएर  "हुनमिन छङउम "नामाकरण गरे।


(स्मरण रहोस त्यतिबेला १७ व्यञ्जन ११ स्वरवर्ण नै थिए।पछि संसोधित भएर १४ व्यञ्जन १० स्वरवर्ण हुन पुगेको हो)हाम्रो नेपाली भाषाको व्यञ्जन वर्णलाई विभिन्न बर्गमा राखिएको छ। कण्ठस्थान बाट उचारण हुने अक्षर,तालब्य,मुर्धन्य दन्त्य,आदिआदी बाट  उत्पन्न हुने सम्पूर्ण ब्यञ्जनलाई स्वर उचारण हुने स्थानको आधारमा नामाकरण गरिएको छ।ठिक त्यसरिनै कोरिया भाषाको व्यञ्जनलाई बनाइएको छ।स्वरवर्ण खुब रमाइलो तरिकाबाट बनाइएको छ।आकाश निराकार (०) धर्ती समथर (-)त्यो धर्तिमा मानिस उभिएको (।)यसरी तिनवटा आकाश,धर्ती,र मानिसको बनावटबाट स्वरवर्ण बनेका छन।व्याकरणात्मक पदक्रम पनि अंग्रेजिको उल्टो हाम्रो नेपाली भाषा जस्तै कर्ता/कर्म/क्रिया अनुसार प्रयोग  भएको छ।यी कोरियन बडामहाराजको सोच पनि हाम्रो राष्ट्रपिताको दिब्योपदेशमा भएको "रैती मोटा भया,दरबार बलियो रहन्या छ"भने जस्तै महान सोच र जनता प्रती अगाध प्रेम भएका राजा थिए।


यसरी जन्मेको कोरियाको भाषाले अहिले ५७५ बर्ष पार गरेको छ।सन १९१० देखि सन १९४५ सम्म ३६ बर्ष  जापानले कोरियामा राज गर्दा कोरिया भाषा पुरै पतन भएको थियो।यो हिसाबले हेर्ने हो भने त हाम्रो देशमा सन १९१८ सालमा उच्च शिक्षाको लागि त्रिचन्द्र क्याम्पसको स्थापना भइसकेको थियो।सन १९४५ पछि कोरियामा पुनः कोरिया भाषा सुरुवात भयो।पहिलो रास्ट्रपति इसुङ मानले पनि राजा सेजोङ ले जस्तै जनता शिक्षित हुनुपर्छ भनी स्कुल,क्याम्पस खोल्न सुरुवात गराएका थिए।अहिले कोरियामा २०३ वटा बिश्वबिद्धालय,तथा विभिन्न विधाका क्याम्पसहरु २१५ वटा गरि जम्मा ४१८ वटा क्याम्पस स्थापित भइसकेका छन।कोरियाको भाषा,संस्कृति सदैव जोगियोस हाम्रो सुभकामना।


हाम्रो देशको हरेक नेपालीसंग बोल्दा नेपाली भाषा, हाम्रो राष्ट्रगान नेपाली,हाम्रो राष्ट्रभाषा नेपाली,हाम्रो नागरिकता नेपाली,रङगीबिरङगी फूलले बगैँचा सुन्दर, ताप्लेजुङ देखि हुम्लासम्म १२८ भाषा बोल्ने सारा हामीले नेपाली भाषा बोलेर नेपाल सुन्दर।मोतिराम भट्टले आफ्नो नेपाली भाषा बोल्नु पर्दछ।नेपालमा बनेका कपडा लगाउनु पर्दछ।नेपाली भाषा लेख्नु पर्दछ,भने जस्तै हाम्रो समृद्ध नेपाली भाषा संसारमा फैलियोस।हामी सारा नेपालिको कल्याण होस।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।

कमेन्ट गर्नुहोस्