लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिहान-बिहानै बुटवलको कोरोना अस्पतालमा ३ जनाको मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार। बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पता भर्ना भएका तिनीहरुको आज बिहान मृत्यु भएको हो ।


प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षिय पुरुषको राती २ः३० बजे मृत्यु भएको थियो भने २ः४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो । त्यसैगरि ३ बजे मायादेबी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए ।


आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्