
तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार। नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न निर्णय गरेको छ । नियमित बैठक कोरोना महामारीलाई मध्यनजर गरि भौतीक दुरी कायम गरि अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हाे ।बैठकले कोभिड १९ को महामारीमा आफ्नो जीवनलाई पहिलो प्राथमिकतामा राखेर दैनिक कार्य सम्पदान गर्न, तथा पत्रकार आचार संहिताको पूर्ण पालना गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण पत्रकारहरुलाई ‘शुरुमा आफू सुरक्षित रहौं, त्यसपछि मात्रै सञ्चारकर्मीका रुपमा भूमिका निर्वाह गरौं’ नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गरेको छ ।यस्तै बैठकले कोरोना महामारीका बेला पत्रकारहरुले खाइपाई आएको सेवा सुविधा कटौती नहुने गरि घरबाटै काम गर्ने वातावरण बनाउन सञ्चारगृहलाई आग्रह गरेको छ । यसैगरि बैठकले रुपन्देहीका स्थानीय तह, सरकारका विभिन्न निकायलाई सूचना प्रवाह एंव कोभिड नियन्त्रण तथा सचेतना अभियानमा सञ्चारमाध्यमको अधिकतम प्रयोग गर्न तथा पत्रकारलाई कोभिड नियन्त्रणको अभियानमा सँगै लिएर अघि बढ्न अपिल गरेको छ ।
कमेन्ट गर्नुहोस्