लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, २४ घण्टामा ४ हजार ७७४ मा कोरोना पुष्टि

IMG

तिलोत्तमा २०७८ बैशाख १५ गते बुधबार।   नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।२४ घण्टामा १३ हजार ८७९ पीसीआर परीक्षणबाट देशभर ४ हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ९५५ एन्टिजेन परीक्षणमा १२३ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी संक्रमितको संख्या ४ हजार ८९७ पुगेको छ ।


२४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् ।सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाउँछ ।२४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्