लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा एकैदिन ३०१ जना कोरोना भाइरसका संक्रमित थपिए

IMG

तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। रुपन्देहीमा एकैदिन ३०१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा धेरै बुटवलका ११० जना छन्। तिलोत्तमाका ६४, सिद्धार्थनगरका ४६, ओमसतियाका २०, रोहिणीका २३, सुद्धोधनका ७, सैनामैनाका १०, सियारीका ३, देवदहका ८, गैडहवाका २, मायादेवीका २, मर्चवारीका २, कञ्चनका १, लुम्बिनीका २, समरीमाइका १ जना रहेका छन्। योसँगै रुपन्देहीमा संक्रमितको संख्या १० हजार ३ सय ४५ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १ हजार ८० जना छन्। हालसम्म ९ हजार ९७ जना निको भए भने १६८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

कमेन्ट गर्नुहोस्