लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीका सबै औलो विरामी भारतबाट आयतित

IMG

तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार।रुपन्देहीमा देखिएको औलोका सबै विरामी भारतबाट संक्रमण भएर आएको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व औलो दिवसको पूर्व सन्ध्यामा गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका सबै विरामी स्थानियबाट संक्रमित नभई बाहिरबाट संक्रमीत भई नेपाल आएका हुन । रुपन्देहीमा हाल ५ जनामा औलो रोगका देखिएको छ । बुटवल उपमहानगरपालिकाका ४ जना र तिलोत्तमा नगरपािलकामा १ जनामा संक्रमण देखिए पनि सबै जना भारतबाट संक्रमित भएर नेपाल आएका आयितित विरामी हुन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले भने । यस अघि गत वर्ष रुपन्देहीको कोटहीमाई र सम्मारीमाईको एक–एक वडा औलोको जोखिम क्षेत्र रहे पनि अहिले निवारण भएको छ ।


जिल्लामा औलो रोग नियन्त्रणमा भएपनि समग्र लुम्बिनी प्रदेशमा पनि विरामी वर्षेनी घट्दो क्रममै छन । विरामी घट्दो भएपनि स्थानिय भन्दा पनि आयतित रोगीबाट मलेरियाको जोखिम बढि रहेको छ । खुला सिमानाका कारण छिमेकी देश भारत र तेस्रो मुलुकबाट नेपाली फर्केर आउँदा औलो संक्रमण हुने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक शाहले जानकारी दिए ।नेपाल भारत वीचको खुल्ला सीमा नाका, बिना रोकटोक नेपाल भारत आवात जावत तथा परिक्षणको उचित प्रवन्ध नहुदा आयतित बिरामीहरुको बढि रहेको कार्यालयले जानकारी दिएको छ । भारतका बिभिन्न स्थानमा काम गर्ने कामदार, बिभिन्न पर्वहरु मनाउन नेपाल फर्किने नेपाली तथा नेपाल आउने अन्य ब्यक्तिहरुले आफुसंगै औलोको परजिवि संगै लिएर आउने गरेको भेक्टर कन्ट्रोल साहको भनाई छ ।


औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने हँुदा लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका  प्रमुख डाक्टर राजेन्द्र गिरीले भने । यसको रोकथामको लागि स्वास्थ्य संस्थाहरु मार्फत औलोको निःशुल्क परिक्षण तथा उपचार भइरहेको, देशभरीबाट स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली बाट नियमित रुपमा सूचना संकलन, सुपरभिजन तथा अनुगमन, भेक्टर सर्भिलेन्स भएको उनले बताए ।नेपालले सन् २०२२ सम्म स्थानीय औलो शुन्यमा पु¥याउने र त्यसको तीन वर्षसम्म शून्यमै कायम राख्न सकेमा मात्र सन् २०२५ मा विश्व स्वास्थ्य संगठनले नेपालमा औलो निवारण भएको प्रमाण पत्र दिन्छ । तर, पछिल्लो समय तराईका जिल्लामा मात्र देखिने औलो पहाडी र उच्च हिमाली जिल्लाका तल्लो तहमा समेत देखिन थाले पछि  नेपालले औलो उन्मूलनको लागी सन २०२५ सम्मको लक्ष्य लिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले भने । आयातीत औलो विरामीको संख्यामा तुलनात्मक रुपमा बृद्धि हुनु चिन्ताको बिषय रहेको बताउदै उनले यसको नियन्त्रणको लागी प्रभाकारी काम हुनु पर्ने आवश्यकता रहेको बताए। 


अप्रिल २५ तारेखलाई विश्व औलो दिवसको रुपमा मनाईदै आएको छ । यस बर्ष पनि ‘शुन्य औलोको लक्ष्यमा पुग्दैछौ’ भन्ने नाराका साथ विश्वऔलो दिवस मनाइएको छ  । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि सोही दिन यो दिवस मनाईंदै आइएको छ । बाहिरबाट संक्रमण आउने क्रम बढ्दो भएकोले आयतित बिरामी बाट नै बढी मात्रामा यो रोग सर्ने गरेको छ । स्वास्थ्य कार्यालय अनुसार यस प्रदेशमा आर्थिक बर्ष ७३÷७४मा देखिएका २७७ जना औलोका बिरामी मध्ये २०५ जना आयतित र ७२ जना स्थानिय बिरामी रहेका थिए, आर्थिक बर्ष ७४÷७५ मा १६४ जना आयतित र ७५ जना स्थानिय, आर्थिक बर्ष ७५÷७६ मा १७८ जना आयतित र ४४ जना स्थानिय र गत आर्थिक बर्ष ७६÷७७मा देखिएका १४३ जना औलोका बिरामी मध्ये १२७ जना आयतित र १६ जना स्थानिय बिरामी रहेका छन ।समग्रमा संक्रमण घट्दो भए पनि भएका संत्रमण बाहिरबाट आउने क्रम नै छ  भेक्टर कन्ट्रोल निरिक्षक शाहले भने ।

कमेन्ट गर्नुहोस्