लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

IMG

तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार।  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धात्मक आदेश जारी गर्दा चालु परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सबै परीक्षा रोक्ने सिफारिस भएको छ ।


बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

कमेन्ट गर्नुहोस्