
तिलोत्तमा २०७८ बैशाख १२ गते आइतबार। रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलमा अवस्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत प्रतिभा सापकोटाको स्वास्थ्यमा अचानक समस्या आएपछि भएको मृत्युले अहिले तिलोत्तमाबासी दुखि छन्। साधारण पेट दुखाइ बात शुरु भएको स्वास्थ्य अवस्था बिग्रेपछि अचानक भएको ति छात्राको मृत्युको कारण अस्पताल प्रसासन समेत मौन छ। स्वास्थ्यमा केहि समस्या देखिएपछि अस्पताल लैजादै गर्दा बाटोमै असहज भएकोमा अस्पताल पुर्याउदा नपुर्याउदै कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह-प्राचार्य लिलाधर किरातले जानकारी दिए ।
आफ्ना सहकर्मीको असामयिक निधनले समग्र प्यारामाउन्ट बोर्डिङ हाई स्कूलका बिद्यार्थी अभिभावक मात्रै होइन देशभर यो घटना सुन्ने र मिडिया मार्फत सुन्ने र पढ्ने हेर्ने हरुले समेत दु:ख ब्यक्त गरेका छन्। यसै घटनालाई न्यायपूर्ण बनोस भन्ने आशामा तिलोत्तमा क्षेत्रका बिद्यार्थी र शुभचिन्तक हरुले मैन बत्ति जुलुस निकाल्दै वि वान्ट जस्टिस को नारा घन्काएका छन्। तिलोत्तमाको मणिग्राम चोक बात शुरु सो श्रद्धान्जली सभा र मैन बत्ति जुलुसले प्रतिभाको लागि मात्रै नभएर समग्र विद्यार्थीका लागि न्यायको माग गरेको छ ।
न्यायको माग गर्दै आइतबार साँझ मणिग्राममा मैनबत्ती जुलुस निकालेको छ । जुलुसमा विभिन्न क्षेत्रमा बिद्यार्थीहरु सहभागी थिए । भीत्र पिर देखिएका बिद्यार्थीहरुले आफ्नो सहकर्मी गुमाउदाको पिडा उनीहरुको नारा जुलुसको क्रन्दन ले देखाउथ्यो। मणिग्राम चोक देखि शुरु भएको सो जुलुस वि वान्ट जस्टिस को नारासहित नयामिल , जनसेवा क्लब हुदै प्यारामाउन्ट बोर्डिङ हाई स्कूल अगाडी गएर कोणसभामा परिणत भएको थियो। सो बिषयमा तिलोत्तमा नगरपालिका द्वारा तिलोत्तमा–१, नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलको होस्टलमा बसेर अध्ययनरत छात्रा प्रतिमा सापकोटाको निधनबारे तीन दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन गर्न एक समिति गठन गरेको छ ।
घटनाको निष्पक्ष छानबिन हुने भएकाले सम्बन्धित पक्षलाई धैर्य र संयमित रहन नगरपालिकाले अपील गरेको छ । छात्राको मृत्युपछि विद्यालय र मृतक परिवारबीच विद्यालयमा छात्राको शालीक बनाएर राख्ने र छात्राको नाममा १० लाख रुपैयांको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने सहमति भइसकेको छ ।नगरपालिका स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले आइतबारदेखि नै लागू हुनेगरी विद्यालय, कलेज, होस्टेल, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने र सबै प्रकारका परीक्षाहरु समेत स्थगित गर्ने निर्णय गरेको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका ८ साबिक तुराङ्ग गाविसको झुर्मु गाउँमा जन्मिएकी १५ बर्षिया प्रतिभा सापकोटाले सानै देखि डाक्टर बन्ने सपना साचेकी थिइन । जापानमा रहेका बाबू डोलनाथ सापकोटा र आमा लक्ष्मी सापकोटाले पनि एक मात्र छोरी प्रतिभालाई डाक्टरको सेतो कोटमा देख्ने धोको राखेका थिए । दुर्भाग्य शनिबार उनको रूपन्देहीको तिलोत्तमा -१ नयाँमिल स्थित प्यारामाउन्ट बोर्डिङ हाइस्कुलको होस्टेलमा अचानक स्वास्थ्यमा समस्या आइ उपचार गर्न लैजाने क्रममा बाटैमा निधन भएको छ ।
त्यस स्कुलका सहप्रधानाध्यापक लिलाधर करातेका अनुसार ‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर शनिबार विहानै घर पठाइएको र उपचारका क्रममा मणिग्रामको क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो । उनका ठूलो बुवा दधिराम सापकोटा भन्छ्न् – एसइइ परीक्षाको तयारीको लागि घर नजिकैका ६ जना छात्राहरूलाई समेत दुई महिना अघि देखि जबर्जस्ती होस्टेलमा बस्न भनिएको थियो । उनी सङ्गै बस्ने साथिहरुले अस्ति देखि नै उनी बिरामी थिइन भनेका छ्न तर त्यस स्कुलले हिजो बिहान मात्र खबर गर्यो । बिहान करिव साढे ८ बजेतिर उनका दाजु प्रकाश लिन गएको र घर आए पछि उनले खान पनि खाएको सुनियो । जति बेला म तुराङ्ग्मै थिए ।
हिजो साझ बुटवल आइ स्कुलका अध्यक्ष लगायतसङ्ग छलफलमा बसियो । एउटा कागजमा स्कुलको कुनै दोष नभएको कागजमा हस्ताक्षर गराउन लागेका रहेछ्न । जुन मैले च्यातेर फाल्दिए । त्यस पछि स्कुलले आफ्नो गल्ती स्वीकार गर्यो । उनको जन्मे थलो तुराङ्गमा जेहेन्ददार विद्यार्थीहरू शैक्षिक विकासमा सहयोग गर्ने गरि ९ लाख ९९ सय हजार ९९ सय रुपैयाँको उनका नाममा अक्षयकोष खोल्न र स्कुल प्राङ्गणमा उनको सालिक राख्न मन्जुर भएर हिजो राती १२ बजे तिर कागज पत्र गरिएको छ । बाबू आमा जापान बाट न आए सम्म दाहसंस्कार नगर्ने भनेर प्रतिभाको शव लुम्बिनी प्रादेशिक अस्पतालको बाकसमा राखिएको छ । बुधबार दिउँसो २ बजेको समयमा बाबू आमा जापान बाट काठमाडौ ओर्लिने भएका छ्न । प्रतिभाको जन्म गाउँ मै भए पनि उनको डाक्टर बन्ने सपना अनुसार नर्सरी देखि नै त्यस बोर्डिङ्ग्मा पढाइएको हो ।
उनका बाबू डोलनाथ सापकोटा र लक्ष्मी सापकोटा गत १२बर्ष देखि जापानमा रहेको र पछिल्लो तीन बर्ष अघि घर आएर फर्किएको मृतक प्रतिभाकी ठुली आमा बिस्णु माया सापकोटाले बताइन् । ‘उहाँको एक मात्र छोरा प्रकाशले अक्स्फोर्ड कलेजमा ब्याचलर पढ्छ्न , एक मात्र छोरी प्रतिभाले त्यसै बोर्डिङ्ग्मा नर्सरी देखि नै पढ्दै आएकी थिइन् । ’सापकोटाले भनिन् । उनिहरुले बोर्डिङ्ग नजिकै नयाँमिलमा घर बनाएर बसेका थिए ।
कमेन्ट गर्नुहोस्