लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिद्यार्थीको फास्ट रुट रफ्तार : सम्पादकीय

IMG

तिलोत्तमा २०७८ बैशाख ७ गते मंगलबार। अहिले कोरोनाको दोस्रो लहरले जनजीबन थाहा नपाइदो तरिकाले त्रसित बनेको छ। रुपन्देहीमा मात्रै होइन तराइका धेरै जसो ठाउमा अहिले कोरोनाको डर बढ्दो छ।  सोमबारको तथ्यांक मात्रै हेर्ने हो भने २४ घन्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३४ जना र तिलोत्तमा नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा स्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।


यता शिक्षा मन्त्रालयले छिटो भन्दा छिटो परिक्षा सकेर शैक्षिक सस्था बन्द गर्न आग्रह गरेको छ। स्थानिय तहले आफ्ना बिद्यालयमा बैशाख २० गते भित्र परिक्षा सकाउन निर्देशन दिएको छ।बिद्यालयमा सेन्ट अप परिक्षा नसकिदै शुरुवातमै अर्को परिक्षा गराउन पर्ने बाध्यता छ। यसमा अहिले बिद्यार्थी स्वयम् र अभिभावक , शिक्षक, र विद्यालयले समेत गम्भीर बनि आवश्यक तयारीमा जुट्नु पर्ने देखिन्छ। यता खुल्ला नाका भएकै कारण जोखिमको घेराभित्र परेको बाँके जिल्ला र रुपन्देहीमा कोरोनाको भारतीय भेरियण्ट भित्रिने डर खतरा बढेको छ।  कसरि हुन्छ आफै सुरक्षा उपाए अपनाउने बेला भएको छ।  किनकि नाकामा कडाइ गर्न छोडेर सुरक्षा निकाय र प्रसासन मौन देखिन्छ।  खुल्ला नाका भएका कारण गेटबाटै नेपाल भित्रिने भन्दा पनि खुल्ला खेत, जंगलको बाटो आउने धेरै छन्।


  यसले गर्दा समस्या झन् भन्दा झन् बल्झने देखिन्छ। अहिले झन् बजार सहर र सार्बजनिक स्थानमा कैयौ भिड देखिन्छ चाहे त्यो दुध डेरी होस् या बैंक या सरकारी निकाय। केहि केहि कार्यालयमा बाहेक धेरै जसोमा मास्क र सेनिटाइजर अनिबार्य छैन।  मान्छे आफै र कार्यालय समेत यस बिषयमा अटेर देखिन्छ।  त्यसैले महामारी सबैलाई फोन गरेर आउदैन यो हाम्रै अप्रत्याशित ब्यबहारले गर्दा एकबाट अर्को हुदै सबैतिर होमिने डर छ त्यसैले समयमै सजग बनौ सुरक्षा र स्वास्थ्यका मापदण्ड अपनाउ आफु बचाऊ अरुलाई बचाऊ।  

कमेन्ट गर्नुहोस्