
२०७८ बैशाख ७ गते मंगलबार, कपिलवस्तु । कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय बस चालक कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए ।
मृतक चालकको शव बुटवलको चौराहा अस्पतालमा राखिएको छ ।बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्