लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमाको ७३ औं श्रृंखला

IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। ग्रीन तिलोत्तमा: क्लिन तिलोत्तमाको ७३ औं श्रृंखला सम्पन्न भएको छ। अभियानको ७३ औ श्रृंखला अन्तर्गत् शनिबार वडा नं. १२ को जनता मा.वि. चाेक क्षेत्र लगायतका वडाकाे सबै क्षेत्रमा सरसफाई गरिएको छ । नगर उप–प्रमुख जगेश्वरीदेवी चौधरी, वडा अधयक्ष सहदेब चौधरी, नगर सभा सदस्यहरु, वडा सिचब तथा कर्मचारी टोल विकास संस्था, आमा समूह, क्लवलगायत वडाबासीको सक्रिय सहभागितामा सो कार्यक्रम भएको हो ।


तिलोत्तमा नगरपालिकामा हरेक महिनाको १ र १५ गते विशेष सरसफाई कार्यक्रम हुने गरेको छ । नगरबासीमा सरसफाई सम्बन्धी सचेतना अभिवृद्धिको लागि वडाहरुमा चक्रिय प्रणालीअनुसार यो कार्यक्रम हुने गरेको हो ।


कमेन्ट गर्नुहोस्