लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका बिद्यालयमा बैसाख २० भित्र शैक्षिकसत्र सक्ने निर्णय

IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। तिलोत्तमा नगरपालिकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा यहीँ वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको छ ।

कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको शुक्रबारको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।नगर प्रमुख तथा समिति संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा यहीँ वैशाख १२ गतेसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा वैशाख २० गतेभित्र सक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।


बैठकले वैशाख १२ बाट सुरु हुनेगरी कक्षा ८ को नगरस्तरीय परीक्षा सञ्चालनको लागि परीक्षा तालिका तथा परीक्षा केन्द्र समेत निर्धारण गरेको जनाएको छ । यो वर्ष नगरस्तरीय परीक्षाको लागि ९ वटा केन्द्र निर्धारण गरिएको नगरपालिकाकाे शिक्षा साखाले जानकारी दिएकाे छ ।यसअघि कोरोनाबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भैरहेको भन्ने खबरहरु सार्वजनिक भैरहँदा नगर प्रमुख बासुदेव घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालयहरुको अनुगमन गरेको थियोे ।कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको नगरप्रमुख घिमिरेले बताए ।

कमेन्ट गर्नुहोस्