
तिलोत्तमा २०७८ बैशाख ५ गते। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले तिलोत्तमामा शाखा विस्तार गरेको छ । शनिबार जिल्लाको आयोजनामा योगिकुटीको ए.आई.पौडेल ट्रेडर्समा भएको कार्यक्रममा रक्तदान तथा समाजको क्यालेण्डर विमोचन सँगै तिलोत्तमाको शाखा कमिटिको घोषणा गरिएको हो। समाजको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरेले संस्थाले रक्तदानको क्षेत्रमा पु¥याएको योगदान प्रशंसनिय रहेको र आगामी दिनमा थप उचाई हासिल गर्न सफल रहोस् भन्दै यसमा नगरपालिकाको साथ रहने बताएका थिए ।
समाजको तिलोत्तमा शाखामा गोविन्द भुसालको अध्यक्षतामा १३ सदस्सिय समिति गठन भएको छ । जसको उपाध्यक्षमा पुर्णचन्द्र सुवेदी, सचिव प्रेमबहादुर नेपाली, कोषाध्यक्ष अञ्जु पौडेल, सह–सचिव कमल भण्डारी, सदस्यहरुमा रामप्रसाद सापकोटा, कृष्णप्रसाद भट्टराई, सागर पाठक, निर्मल उपाध्याय, शान्ती कार्की, सम्झना न्यौपाने, भेषराज आचार्य, सन्दिप न्यौपाने रहेका छन् । निर्वाचित पदाधिकारीहरुलाई माला लगाएर प्रमुख अतिथि घिमिरेले बधाई ज्ञापन गरेका थिए । यस्तै तिलोत्तमा वडा नं. २ का वडा अध्यक्ष दधिराम गौतम, जागृति युवा क्लबका अध्यक्ष विदुर के.सी.ले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रायोजक ए.आई.पौडेल ट्रेडर्सद्वारा रक्तदानको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दाताहरु ६८ पटक रक्तदान गरेका कृष्ण चौहान क्षेत्री, ६७ पटक रक्तदान गरेका पुर्णचन्द्र सुवेदी, कम उमेर मै २७ पटक रक्तदान गर्ने महिला रक्तदाता श्रिया ज्ञवालीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा १५० जनाले रक्तदान गरेका थिए ।समाजका जिज्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता एवम् अर्जुनप्रसाद पौडेलको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्लाका महासचिव उदय भट्टराईले गरेका थिए ।
कमेन्ट गर्नुहोस्