लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा एकै दिन १३ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ३३०६:कोराेना संक्रमण

IMG

तिलोत्तमा २०७७ चैत्र ३०।  नेपालमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोराेना संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा कोराेना संक्रमण पुष्टि भएको हो । यसअवधिमा कोराेना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ ।यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा कोराेना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको छ ।

कमेन्ट गर्नुहोस्