लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महासंघको नवनिर्वाचितलाई दैनिकपत्रको सम्मान, पत्रकारितामा चुनौतिहरु थपिएको भनाई

tillotmacitynews - 2021 Apr 11 07:30 PM
IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते। बुटवलबाट प्रकाशित हुने दैनिक पत्रले नेपाल पत्रकार महासंघको हालै सम्पन्न भएको निर्वाचनबाट निर्वाचित लुम्बिनी प्रदेश तथा रुपन्देहीका पदाधिकारी र कार्यसमितिलाई सम्मान गरेको छ ।बुटवल मिडिया प्रकाशन प्रा.लि.द्धारा शनिबार बुटवलमा बधाई तथा सम्मान कार्यक्रम गरेको हो । उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले पत्रकारहरु साघुरो र संकीर्ण दायराबाट माथि उठेर साझा व्यक्तित्वको रुपमा उभिन सक्नुपर्ने बिचार व्यक्त गरे ।



निर्वाचनका क्रममा भएको घटनाहरुलाई बिर्सेर निर्वाचित पदाधिकारी तथा सदस्यहरुले साघुरो र संकीर्ण दायराबाट माथि उठेर साझा व्यक्तित्वको रुपमा उभिन सक्नुपर्ने बिचार व्यक्त गरे ।बदलिदो परिस्थितिमा पत्रकारीता क्षेत्रमा पनि नयाँ चुनौतिहरु थपिएको भन्दै उनले निर्वाचित पत्रकारहरुले पत्रकारीता क्षेत्रमा देखापरेका चुनौतिहरुको सामना गर्दै श्रमजिवि पत्रकारहरुको हक हितमा काम गर्न सक्षम हुने विश्वास व्यक्त गरे ।


बुटवल मिडिया प्रकाशन प्रा लि.का प्रधान सम्पादक बालकृष्ण चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्यद्धय नेत्र पन्थी र बिनोद पहाडी,महासंघका नवनिर्वाचित प्रदेश अध्यक्ष बसन्त गिरी,निवर्तमान प्रदेश उपाध्यक्ष भरत केसी,महासंघका नवनिर्वाचित रुपन्देही अध्यक्ष रामराज पोखरेल,कपिलबस्तु अध्यक्ष किरणमान बज्राचार्य,पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य हरी लम्साल,नारायण सापकोटा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

कमेन्ट गर्नुहोस्