लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा पनि वसन्त गिरिको प्यानल विजयी (कसलाई कति मत)

IMG

तिलोत्तमा २०७७ चैत्र २८ गते। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बसन्त गिरि विजयी भएका छन्। प्रेस युनियन, प्रेस सेन्टर सहितको संयुक्त प्रगतिशिल लोकतान्त्रीक गठबन्धनबाट उमेद्वार बनेका गिरिले ९ सय ४६ मत ल्याइ विजयी भएका हुन्। गिरिका प्रत्यासी भरत केशीले ६ सय १७ मत प्राप्त गरेका छन्। केशी प्रेस चौतारी, प्रेस मञ्च सहितको साझा प्यानलका उमेद्वार हुन्। घनश्याम गौतमले ५७ मत ल्याए। पदाधिकारी र सदस्यमा पनि अधिकांस गिरि प्यानलका विजयी भएका छन्। 


एक महिला सदस्यबाहेक सबै पदाधिकारी र सदस्यमा बसन्त गिरिकै प्यानल विजयी भएको छ। प्रदेशको उपाध्यक्षमा शुक्रऋषि चौलागाइँले ९ सय ३६ मत ल्याइ विजयी भएका छन्। प्रत्यासी गणेशकुमार आचार्यले ५ सय ३० र शिवलाल सुवेदीले ९९ मत ल्याए। महिला उपाध्यक्षमा चुमा आचार्य ९ सय ८१ मत सहित विजयी भइन्। पुष्पा खनाल सम्झनाले ५ सय ६४ मत ल्याइन्। महासचिवमा विक्रम खड्का विजयी भएका छन्। उनले ९ सय ६७ मत प्राप्त गरेका छन्। प्रत्याशी विश्वराज पछ्लंगवा चौधरीले ६ सय मत ल्याएका छन्। सचिवमा जयसिंह केशी, समावेशी सचिवमा शिवकुमार सुनार र कोषाध्यक्षमा यमनाथ घिमिरे विजयी भएका छन्। 


खुल्ला सदस्यमा किरण विक्रम शाह, केशरमान विशी, गोपाल भण्डारी, प्रेमनारायण आचार्य र भुवन कार्की विजयी भए। महिला सदस्यमा पार्वती बस्नेत, मिना ढकाल र सरला सुवेदी चयन भएका छन्। सरला भरत केशीको प्यानलबाट उमेद्वार बनेर विजयी भएकी हुन्।आदिबासी जनजाती तर्फ गणेश सारु र टेकबहादुर मास्की, मधेशी तर्फ रामविकास चौधरी र विन्दुकुमार चौहान, दलित तर्फ चिन्ताबहादुर दर्जी र अल्पसंख्यकबाट मोहम्बद आरिफ अन्सारी विजयी भएका छन्। 


कमेन्ट गर्नुहोस्