लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा पत्रकार महासंघको तात्यो चुनाबी माहोल : उम्मेदवारहरुको अन्तिम रस्साकस्सी

IMG

२४ चैत, तिलोत्तमा। अहिले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ रुपन्देहीको चुनावी सरगर्मी तातेको छ । २० बर्षदेखिको बिरासत उल्टाउने कोसिसमा नेपाल प्रेस युनियन ५ संगठनसंगको तालमेलमा संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल सहित मैदानमा छ भने प्रेस चौतारीले अन्य साना संगठन लिएर साझा प्यानलको जिम्मेबारी बोकेको छ। संयुक्तको तर्फबाट आफनी प्यानलको मत बाट मात्रै भोट आएपनि ढुक्क जितिने र अध्यक्ष बन्ने दाउमा रामराज पोख्रेल छन् भने, संख्यात्मक गणितमा अघि देखिएको संयुक्तलाई जित्ने कोसिसमा साझा प्यानलका दिनेश पाण्डे मैदानमा उत्रेका छन्। प्रेस युनियनको तर्फबाट संयुक्तका उम्मेदवार बनेका पोखरेललाई आफ्नै मत क्रस नभए पक्काजितको टिका लगाउने अवसर जुटेको छ भने साझा प्यानलका पाण्डेले निकै कसरत गर्नुपर्ने देखिन्छ।  


त्यसो त अध्यक्ष पछिका कार्यसमिति पदाधिकारीमा पनि कम लडाइ छैन रुपन्देहीमा।  उपाध्यक्ष तर्फ़ दमदार देखिएका बिश्वास ढकालले भैरहवा देखि पत्रकारिता गरेका दिपेश पछाईलाइ टक्कर दिएका छन् भने महिला उपाध्यक्ष उम्मेदवार संजु पौडेल र अमृता अनमोलको पनि रसी तानातान देखिन्छ।  त्यस्तै सचिवतर्फ बिनोद परियार संयुक्तबाट मैदानमा छन् भने उनैसँग काध जोडेर पत्रकारिता गरेका लक्ष्मण पोख्रेल संगै मैदानमा छन्।  सहसचिवतर्फ संयुक्तका बिरेन्द्र कुवर गत चुनाबी मैदानमा झैँ गोल गर्ने दाउमा छन् भने उनलाई टक्कर दिने कोसिसमा केशब भण्डारी आएकाछन , त्यसो त समाबेशी तर्फको सह-सचिवमा  संयुक्त देखि माया केसी रहेकी छिन भने गोबिन्द घर्ति उनको बिपक्षमा छन्।  


रुपन्देहीको बडो चुनावी मैदानको फलामे चिउरा मानिएको कोशाध्यक्ष पदमा संयुक्तको संजय सौगात ढुक्क छन् जितमा, भने अघिल्लो कार्यकालको कोशाध्यक्ष समेत रहेका स्वस्तिक श्रेष्ठ सुरुङ्ग युद्धमा होमिएका छन्। त्यस्तै सदस्यहरुमा रुपन्देहीमा लामो समयदेखि क्रियाशील पत्रकारहरु मोति न्यौपाने मोहन , प्रकाश पाण्डे, शंकर पाण्डे, कपिल अधिकारी कविराज, प्रदिप आचार्य "ख", थानेश्वर घिमिरे नबिन, पुनहरी बेलबासे, मानबहादुर कुवर, संयुक्त प्यानलका खुल्ला उम्मेदवार हुन् भने समाबेशीतर्फ कमला पाण्डे हरिकला, टंक सुनार, राज चौधरी राजाराम, राधेश्याम बिश्वकर्मा, सलमान खान रहेका छन। त्यसो त साझा प्यानलका प्रकाश आचार्य, कृष्ण खनाल , एन बि कंडेल, रंबिन्द्र गुप्ता, लगायतका मैदानमा छन्।  


प्यनलबाइज हेर्दा संयुक्त लोकतान्त्रिक प्रगतिशील प्यानल दाबेदारी रहेको प्यानल हो भने साझा प्यानल चोरी मत र क्रस मतले मात्रै जित निकाल्ने दौढ़धुपमा छ।  २० बर्ष अघि मात्रै आफ्नो संगठनले महासंघको कोठामा बैठक बस्न पाएको र त्यसपछि महासंघमा आफ्ना कुनै प्रतिनिधि नेतृत्वमा नरहेको इखले प्रेस युनियन अहिले जित सुरक्षित गर्ने होडमा छ र त्यहि मिसन अनुसार घोषणा-पत्र सार्बजनिक गर्दै भेला  र बैठक र प्रचार-प्रसारमा तल्लिन देखिन्छन। त्यस्तै साझा प्यानल बाट दिनेश पाण्डे पनि चुनावी प्रचार प्रसारमा रस्साकस्सी गरेका छन्।  


त्यसो त नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार मतदान हुने भएपछि देशभरका उम्मेदवारहरु अन्तिम रस्साकस्सीमा लागेका छन् । उम्मेदवारहरुले भेटघाट गरेर, फोन गरेर र सामाजिक सन्जालमार्फत् भोट माग्दै आएका छन् ।महासंघको नयाँ नेतृत्वका लागि केन्द्रमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् । अध्यक्ष पदकै लागि गजेन्द्र बुढाथोकी पनि चुनावी प्रतिष्पर्धामा छन् । उम्मेदवारहरुले श्रमजिवी पत्रकारको पेशागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य मुद्दा बनाएका छन् ।


प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी (माधव नेपाल समूह) सहित ११ वटा संगठनको साझा उम्मेदवारको रुपमा पोखरेल, प्रेस चौतारी (ओली समूह) सहितको गठबन्धनको उम्मेदवारको रुपमा निर्मला शर्मा र स्वतन्त्र रुपमा अध्यक्ष पदका लागि बुढाथोकीले प्रतिष्पर्धा गर्दैछन्। यसै गरी वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट प्रतिष्पर्धामा छन् भने समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंह प्रतिष्पर्धा गर्दैछन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी प्रतिष्पर्धा गर्दैछन् भने महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतम भिड्दैछन् ।प्रदेश तथा जिल्ला समितिहरुको नयाँ नेतृत्वका लागि पनि बुधबार नै मतदान हुँदैछ । प्रदेश तथा जिल्लाका केही पदहरुमा भने पत्रकारहरु सर्वसम्मत चयन भएका छन् ।


कमेन्ट गर्नुहोस्