लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी वाणिज्य क्याम्पसमा विविएका विद्यार्थीलाई स्वागत कार्यक्रम

tillotmacitynews - 2021 Mar 29 10:04 AM
IMG

मोहन पौडेल २०७७ चैत्र १६। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।विविए तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विविए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि क्याम्पसले प्रदान गर्ने सेवा सुविधाहरुमा कुनै पनि कसर बाकि नराखि विद्यार्थीको उज्ज्वल भविष्य र सपनालाई साकार पार्न क्याम्पस लागेको बताउनुभयो । क्याम्पसका विभिन्न शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीहरुको सक्रिय सहभागिताले पनि क्याम्पस नमुना क्याम्पसको रुपमा स्थापित हुन सहयोग पुगेकोे बताउदै उहाँले विद्यार्थीहरुलाई स्वागत गर्न विद्यार्थी स्वंय अग्रसर भएर स्वागत कार्यक्रम आयोजना गरेकोमा खुशि प्रकट गर्नुभयो ।

कमेन्ट गर्नुहोस्