
तिलोत्तमा २०७७ चैत्र १६। तिलोत्तमा-१३ तिनधुराबाट बिहानै खाना खाएर काखमा छोरी च्यापेर आमाको बृद्धभत्ता कागज मिलाउन आएकी सिता चापागाईंले स्तनपान कक्षमा भोकाएकि छोरीलाइ दुध खुवाउदै थिइन। लगभग १५ मिनेट जति दुध चुसाएपछि उनि आफ्नो काममा लागिन। उनि भन्छिन - "कार्यालय जस्तो ठाउमा सबैको अगाडी आफैलाई अड लाग्थ्यो तर छुट्टै स्तनपान कक्ष भएपछी कुनै अड लागेन निर्धक्क दुध चुसाए, छोरी पनि अघाईन होला ।"
त्यस्तै तिलोत्तमा-७ दल्काकी सुनमति हरिजनले आफ्ना ढाई बर्षे छोरालाई निर्धक्क बसेर आरामले दुध पिलाइन। छोराछोरी लिएर नहिडे घर हेर्ने मान्छे छैनन , हिडे काममा आएको ढिला होला भोकाउलान भन्ने डर थ्यो,अब त्यो डर भाग्यो - उनले खुसि हुदै भनिन। पब्लिक क्षेत्रमा काखमा आएका छोराछोरीले भोकाएर या अन्य कारणले दु:ख दिदा स्तनपान गराउदा त्यो तनाव मुक्त हुन खासै ठाउ मिल्दैनथ्यो, तर तिलोत्तमा नगरपालिकामा आएपछि त्यो समस्या रहेनछ,- तिलोत्तमा-४ ड्राइभरटोल निवासी पम्फा रानाले बताईन।
आरामदायी सानो कोठामा स्तनपान कक्ष निर्माण गरेको तिलोत्तमा नगरपालिकाले अहिले सेवाग्राहीको समेत धन्यबाद पाइरहेको छ। अपाङ्गमैत्री आधुनिक लिफ्ट, सहज सेवा कोठा, नेमप्लेटसंगै कोठानम्बर सहितको सहजता, आफ्नै चमेनागृह, मिजासिला कर्मचारी, सहयोगी नगरप्रहरी, डिजिटल नागरिक वडापत्र, बिधुतिय नि:शुल्क फोटोकपि र प्रिन्ट सहितको पुस्तकालय, सहज बैंकिंग सेवा लगायतको सेवालाई सहज बनाउदै आएको नगरपालिकाले स्तनपान कक्ष समेत बनाएको देख्दा नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेल समेत औधी खुसि भै धन्यबाद ज्ञापन गर्नुभएको थियो। उद्घाटनको अवसरमा सबै कक्षको अबलोकन गर्नुभएका अर्थमन्त्री पौडेलले स्तनपान कक्षको अबलोकन गरि सो कामको तारिफ समेत गर्नुभएको थियो। सबै कोठा हेरेर एकाएक भिडमा तल झरेका अर्थमन्त्री सहितका प्रदेश मन्त्री, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखलाई नगर-प्रमुख बासुदेव घिमिरेले सबै कुरा हेरियो अब एउटा अत्यावश्यक कोठा हेर्न बाकी छ, भन्दै हात समातेरै अर्थमन्त्रीलाई स्तनपान कक्षसम्म लगे। त्यो देखेर अर्थमन्त्री सहितका टोली सो कामको तारिफ गरिरहेका देखिन्थे।
नेपालमै नमुना अनि उत्कृस्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भुइँतलामै छुट्टै स्तनपान कक्ष रहेको छ। नव निर्मित भवन उद्घाटन भएपछी सेवा प्रवाहलाई चुस्त बनाउन लागिपरेको तिलोत्तमा नगरपालिकामा अहिले १७ वटा वार्ड रहेका छन्। स्तनपान कक्षलाइ सबै वार्डसम्म पुर्याउन कटिबद्ध रहेको नगर्प्रबक्ता सुरेन्द्र श्रीले बताउनुभयो। उहाले यो अत्यावश्यक कक्ष भएकाले हामीले सबै वार्डमा त्यस्तो एउटा कक्ष निर्माण गर्न ढिलाई नगर्ने र कतिपय वार्डमा छुट्टै कोठामा सो कार्य गरि सकीएको बताउनुभयो। सम्भवत: सरकारी कार्यालयको उपस्थिति हेर्ने हो भने रुपन्देही मात्रै होइन लुम्बिनी प्रदेशमै यो नगरपालिकाको पहिलो कदम हो। स्वास्थ्य चौकी बाहेक अन्य ठाउमा खासै छुट्टै यस्तो कक्ष देख्न पाइदैन। अझ सरकारी तथा निजि या अन्य सामुदायिक सस्थाहरुमा समेत स्तन पानको लागि छुट्टै कक्ष बनाएको तिलोत्तमा नगरपालिका नै यस क्षेत्रमै पहिलो हो।
कमेन्ट गर्नुहोस्