लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देवदहको केरवानी माविमा विद्यार्थीलाई यातना, छात्रा घाइते

IMG

तिलोत्तमा  चैत्र १३। देवदहको केरवानी माध्यमिक विद्यालयमा एक शिक्षिकाले विद्यार्थीलाई क्रुर यातना दिंदा एक छात्रा घाइते भएकी छन । कक्षा ७ मा अध्ययनरत १४ वर्षीया एक बिद्यार्थीलाई पेशा बिषयकी शिक्षिका साहारा दाहालले प्रश्न सोध्दा उत्तर दिन नसकेको भन्दै उनीमाथि कुटपिट भएको हो । “मिसले मलाई ५ पटक भन्दा बढी लौरोले कुट्नु भयो । मेरो हात सुन्निएको थियो र मैले मिस दुख्यो भनें । तर उहाँले नाटक गर्छेस भन्दै झन पिट्नु भयो ।” पीडा मिश्रीत श्वरमा ती विद्यार्थीले भनिन । आफुलाइ सहनै नसक्ने गरि दुखिरहेको बताउंदै उनले त्यस प्रकारको कुटपिट अन्य विद्यार्थीमाथी पनि भएको र हुने गरेको बताइन।’


पिडित विद्यार्थीले बताए अनुसार उनको हातमा निलडाम देख्न सकिन्छ र हातको एउटा औंला चलको छैन । यस बिषयमा केरवानी बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मासंग कुरा गर्दा उनले आफू बिद्यालयमा नरहेको र काजमा जनगणना कार्यमा खटिएकोले घटनाबारे जानकारी नभएको बताए । प्राध्यापक शर्माले घटनाबारे विद्यालयका अर्का जिम्मेवार शिक्षक हरि पाण्डेसंग बुझ्न अनुरोध गरेपछी शिक्षक पाण्डेले सो घटना भएको स्विकार गर्दै शिक्षिकालाई अबका दिनमा यसप्रकारका क्रियाकलाप नदोहोर्‍याउन सचेत गराएको बताए । 

कमेन्ट गर्नुहोस्