लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेरो देश : कविता (लिला बहादुर केसी)

tillotmacitynews - 2021 Mar 26 03:37 PM
IMG

१. प्राकृतिक बहुमुल्य श्रोत साधन र सौन्द्रयामा अमेरिका भन्दा पनि धनि देश !

  विश्वससंपदा सुचीमा परेको यो देश !

हरियो बनमा डाँफे र कोइलीले सुरिलो गीतगाउदा आनन्द आउने यो देश 

विश्वकै सबैभन्दा ठुलो जलश्रोतको धनि यो देश 

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश 


२ .सगरमाथा जस्तो सर्बोच्च शिखरले विश्वलाई चिनाएको यो देश !

शान्तिका अग्रदुत गौतमबुद्ध जस्ता महान पुरुसनेपालमा जन्मेर विश्वलाई उपदेश दिएको यो देश !

सीता र भृकुटीजस्ता महान छोरी जन्माएको यो देश

संसारको सर्बोच्च शिखर सगरमाथामा सबै भन्दा पहिला आरोहन गर्ने तेन्जिंग नोर्गे जन्मेको यो देश

मलाइ लाग्छ रमाइलो नेपाल हो  हाम्रो यो देश 


३. पृथ्वी नारायण शाहले एक सुत्रमा बाँधेको यो देश !

उजर सिंह थापा , भीमसेन थापा , अमर सिंह थापा , भक्ति थापा र बलभद्र कुँवर जस्ता 

महान योद्धा जन्माएको यो देश

नाला पानि को युद्धमा बलभद्र कुँवरले अंग्रेज सेनापति जनरल जिलेप्सिलाई मुला काटे झैँ

काटेको यो देश

बिर योद्धा अमर सिंह थापाले पनि ४८ वर्षसम्म लडाई लडेर बचाएको यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश


४. संसार मै न भएको विदेशमा पनि बिर नेपाली योद्धाको स्मारक भएको यो देश !

७३ बर्सिया भक्ति थापाले छातीमा गोलि खायरबचाएको यो देश !

आफ्नो साम्राज्यमा घाम अस्तौदैनन भन्ने अंग्रेजका सेनापति जनरल वुदलाइ बुटवलको

जितगडीबाट १९ बर्सिया कर्णाल उजिर सिंह थापाले लखेटेको यो देश

युद्धको मैदानमा अभुत्पुर्ब साहस देखाउने बिर योद्धालाई दिइने सर्बोच्च पदक १३ बटा

विक्रोरिया क्रास पाएको यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश 


५. पोखराका निडर र साहसी बिष्णु प्रसाद श्रेष्ठले भारतिय रेलमा डाका डाल्ने ४० जना डकैतलाइ एक्लैले लखेटेको यो देश !

म्याग्दीका दिप प्रसाद पुनले दुइ दर्जन तालिबानलाइ मारेर महारानी एलिजाबेथको हातबाट

दोश्रो भिक्टोरियाक्रास पाएको यो देश !

इतिहासमा कहिल्लै पनि गुलाम नभएको यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश 


६.भारतमा जस्तो १५ अगस्तमा प्रजातन्त्र दिवस मनाउना न पर्ने यो देश !

नेपाल राना सासनको १०४ बर्से कुशासनबाट मुक्त भएको यो देश !

नेपाललाई गङ्गा लाल श्रेष्ठ , धर्म भक्त माथेमा , सुक्र राज शात्री र दशरथ चन्द जस्ता

सहिद् हरुले खुन बगाएर बचाएको यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश 


७. पेट्रोल खानि , सुन खानि ,ताबाखानि, यूरेनियम खानि भएको यो देश

पशुपतिनाथ, मुक्तिनाथ मन्दिर र गोसाई कुण्डजस्ता महान धार्मिक स्थल भएको यो देश

बन्य जन्तु आरक्षणमा ६४५ भन्दा बडी एकसिंगे गैडा भएको यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश


८. महान ऋषि मुनि हरुले तपस्या गरेर यो तपोभूमिलाइ मुक्ति पाएको यो देश !

१२५ जात जाति मिलेर बसेको यो देश !

  मैले जन्म लिएको यो देश

   स्वर्ग भन्दा प्यारो यो देश 

अर्को जनममा पनि जन्म लिन पाईयोसभन्ने यो देश

मलाइ लाग्छ रमाइलो नेपालको हाम्रो यो देश 


लेखक क्षेत्रि समाज नेपाल तिलोत्तमा नगर समितिका अध्यक्ष हुन्। 

कमेन्ट गर्नुहोस्