लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको भलवारीमा नि:शुल्क स्वास्थ्य शिविर हुदै

tillotmacitynews - 2021 Mar 17 09:55 PM
IMG

तिलोत्तमा ४ चैत्र २०७७। लियो क्लब अफ भलवारी सिटिको आयोजनामा मिति २०७७ चैत्र ७ गते शनिवार “हरि स्मृति नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम” प्रभात आधारभुत बिधालयमा भलवारीमा सम्पन्न हुन गैरहेको छ। लियो क्लब अफ भलवारी सिटिका अध्यक्ष लियो रबिन जोशीको पुजनिय पिता स्व. हरि प्रसाद जोशी ज्युको स्मृतिमा यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम ब्यवस्थापन समिती सदस्य लियो गौरब सुवेदीले जानकारी दिनुभयो। बिहान ७ बजे देखि दिउसो २ बजे सम्म सन्चालन हुने उक्त कार्यक्रममा वरिष्ठ चिकित्सकद्वारा नि:शुल्क दन्त परिक्षण, नि:शुल्क मधुमेह परिक्षण तथा परामर्श, सामान्य औषधिको व्यवस्था, स्वास्थ स्थिती हेरेर दात उखेल्ने तथा भर्ने सुबिधा, निःशुल्क आँखा जाँच तथा परामर्श सुबिधा तथा रक्तदान कार्यक्रम गरिने कार्यक्रम संयोजक लियो सुनिल भुषालले जानकारी दिए।



माया आइ केयर एण्ड अप्टिकल सेन्टर भलवारीले मेडिकेयर पोलिक्लिनिक बुटवल र द डेण्टल एरा भलवारीको प्राबिधिक र क्लबका अध्यक्ष एवम गितान्जली प्रीन्टर्स भलवारीका संचालक लियो रबिन जोशीको आर्थिक सहयोगले यो क्लबलाई केही हद सम्म भए पनि आर्थीक भार कम भएको कुरा क्लबका सह कोषाध्यक्ष एव कार्यकम ब्यवस्थापन समिती सदस्य आशिष ज्ञवाली ज्युले जानकारी दिनु भएको छ । पुर्ण रुपले निशुल्क सो कार्यक्रमआ ४० बर्ष भन्दा माथी आखाको बिरामीलाई आवस्यकता अनुसार औसधि र चस्माको ब्यवस्ता गर्ने योजना पनि रहेको कुरा क्लबका अध्यक्ष लियो रबिन जोशी ज्युले जानकारी दिनु भयो साथै सम्पुर्णलाई शिविरमा उपस्थित भै मौकाको फाइदा उठाउनु हुन अनुरोध पनि गर्नु भयो।

कमेन्ट गर्नुहोस्