लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा नयाँ रोटरी क्लव स्थापना

IMG

रुपन्देहीको तिलोत्तमामा नयाँ रोटरी क्लव स्थापना गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको स्पोन्सरमा रुपन्देहीको तिलोत्तमामा रोटरी क्लव अफ मिड रुपन्देही स्थापना गरिएको हो ।त्यस क्षेत्रका ३६ जना युवाहरुको सक्रियतामा गठन गरिएको उक्त क्लवको अध्यक्षमा जीवन गौतमलाई चयन गरिएको छ । शनिबार साँझ नयाँमिलमा आयोजना गरिएको क्लवको चार्टर सेरेमोनी समारोहमा रोटरी क्लवका डिष्ट्रिक गभर्नर राजिव पोखरेलले नवगठित क्लवका संस्थापक अध्यक्ष गौतमलाई प्रमाण पत्र प्रदान गर्नुको साथै सपथ समेत गराउनु भएको थियो ।




त्यस अवसरमा बोल्दै उहाँले रोटरीमा लिनको लागि नभई समाजमा केही दिनको लागि लाग्नु पर्ने बताउँदै रोटरीको भिजन र मिसन अनुसार समाज सेवाका कार्यक्रम गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले यो वर्ष क्लवले ५ वटा नयाँ क्लव खोल्ने लक्ष्य लिएपनि कोभिड–१९ महामारी लगायतका बिबिध कारणले लक्ष्य हासिल गर्न नसकिएको जानकारी गराउनु भयो ।रोटरी बुटवल साउथले यो वर्ष रुपन्देहीको तिलोत्तमामा रोटरी क्लव अफ मिड रुपन्देही र पश्चिम नवलपरासीको परासीमा रोटरी क्लव अफ नवलपरासी स्थापना गरेको छ भने काठमाण्डौमा रोटरी क्लव अफ प्रोफेस्नल काडमाण्डौ स्थापनाको तयारीमा रहेको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । बाँकी २ वटा क्लव आउने वर्ष स्थापना गरिने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै अध्यक्ष भुर्तेलले पोलियो उन्मुलनमा रोटरीले ठूलो भूमिका निर्वाह गरेको बताउँदै रोटरीमा बित्तिय अनुशासन र पारदर्शिता समेत रहेको दावी गर्नुभयो ।


त्यस्तै क्लवका सल्लाहकार तथा पूर्व अध्यक्ष प्रकाश पौडेलले क्लवको सफलता समाज र लक्षित समुहसंग कसरी जोडिन्छ भन्नेमा भर पर्ने भनाई राख्नुभयो । नवगठित क्लवका अध्यक्ष गौतमले रोटरीको भिजन र मिसन अनुसार समाज सेवाका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम रोटरी बुटवल साउथका इलेक्ट प्रेसिडेन्ट ध्रुव धितालको स्वागत तथा किशु शर्माको सञ्चालनमा भएको थियो । त्यस्तैगरी शनिबार नै रोटरी क्लव अफ बुटवल साउथमा डिजि भिजिट कार्यक्रम समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्