लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय दलित पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा हुने

IMG

तिलोत्तमा २०७७ फागुन २५। राष्ट्रिय दलित पत्रकार संघ, नेपालले प्रथम राष्ट्रिय अधिवेशन बुटवलमा गर्ने भएको छ । फागुन २८,२९ र चैत १ गते बुटवलमा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुने संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले बताए । महाधिवेशनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार र लेखनवृतीसमेत वितरण गरिने तयारी भएको अध्यक्ष पहाडीले बताए ।


महाधिवेशनमा आमसन्चार र समावेशीताको सवाल, “मिडियामा महिला: दलित महिला?” र दलित आन्दोलन युवा र आमसन्चार बिषयमा कार्यशाला गोष्ठी हुनेछ ।करिव ४ सय पत्रकारको सहभागिता रहने उक्त अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित रहने बताईएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक, कार्यान्वयनको सवालमा सक्रिय छ ।

कमेन्ट गर्नुहोस्