लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कानून हराएको : कविता

tillotmacitynews - 2021 Mar 06 11:32 PM
IMG

सरकार मेरो पवित्र देशमा

न्याय हराएको हो त?

किन आज बलात्कारीको

हातमा आफ्नै देशभित्र

परेकी छन कलिला चेलीहरु

कोपिला मै इज्जत लुटिएको छ 

बाँच्ने रहर हुँदाहुँदै हत्या भएको छ

जन्मदिने बा आमाको आखाँमा

छोरीको तस्वीर मात्रै बसेको छ

रातदिन छोरीको सम्झना र

मायाँले भित्र मुटु टुक्रा टुक्रा भएको

महसुस गरिरहेका छन सरकार 

खोई त सरकार दोषीलाई

हतकडी लगाएको ?

किन उस्लाई खुल्ला छोडिएको छ 

किन उ माथि कानुन छैन?

के सरकार यति कमजोर भैसक्यो

दोषीलाई हतकडी सम्म लगाउन नसक्ने?

कहिलेसम्म कलिला चेलीहरु

बलात्कारको शिकार भइ रहने?

कहिले सम्म कलिला चेलीहरुको

शरिरको कपडा च्यातिन्छ?

कहिलेसम्म बा आमाको आखामा 

आँसुको बर्षा

बनाई राखिन्छ?

कहिलेसम्म छोरीको बलात्कार 

हुन्छ कि भनेर मनमा डर राख्ने?

किन एउटा बलात्कारीलाई 

बिच सडकमा फाँसी दिन् सकिन्न?

कहिले पुर्व पस्चिम

कहिले उत्तर दक्षिण

मात्र सुनिन्छ बलात्कार 

के बलात्कार गर्ने माथि कानुन छैन?

कित सरकार छैन 

किन ति कलिला चेलीहरुको जिवन 

बलात्कार पछि हत्यामा राखियो?

किन ति कलिला चेलीहरुका

आमा बालेँ

न्याय पाएका छैनन्?

किन बलात्कारी हरुलाई

गाउँमा गल्लीमा र बजारमा छोडिएको छ?

के साच्चै कानुन हराएको हो?

के हाम्रो संविधानमा बलात्कारीलाई

हतकडी सम्म लगाउने कानुन छैन?

अति भयो सरकार अब हामी हाम्रो

कलिला चेलीहरुलाई बलात्कार भन्ने

शब्द नै हाम्रो देशबाट निकालेर फाल्न

चाहान्छौँ ताकी अरु कलिला चेलीहरुलाई

यो बलात्कार शब्दले पनि मनमा

डर पैदा नहोस्

ताकि फेरी पनि कुनै आमाको कोखबाट

बलात्कारी न नजन्मियोस 

खबरदार सरकार अब धेरै बलात्कारी

पाल्ने र खुल्ला छोड्ने काम बन्द गरियोस्


सुरेश पाण्डेय 

सुर्खेत विरेन्द्रनगर

कमेन्ट गर्नुहोस्