लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजनीतिक खिचातानी देश बिकाशको बाधक

tillotmacitynews - 2021 Mar 06 11:20 PM
IMG

अकालमा मार्न खोजिएको संसद पुन: ब्युतिएको छ। सर्बोच्चको फैसलाले कतै खुसी कतै गम बनाएको छ। सरसरी हेर्दा फैसला ठीक नै हो। जनताले दिएको मतलाई आफूखुसी प्रयोग गर्ने अनि जनताको मतलाई आफू अनुकूल बनाउने परम्परा तोडिएको छ।यसमा सबैजना खुसी नै मनाउनुपर्ने अवस्था छ।अदालतको फैसला त सबैको लागि सर्वमान्य नै भयो  हुन त।  कतिपय पार्टीलाई असहज महसूस  पनि भएको छ।अनि कति भने अदालतको फैसलाबाट धेरै हर्षित छन्। यी त आफ्नो-आफ्नो राजनीतिक दाउपेचको कुरोभयो। यो पहिला पनि चलेको कुरो हो , अहिले पनि चलीरहेको छ। संसद  विघटन भएको अवस्थामा देशमा जुन शक्तिप्रदर्शन भएको थियो। अब त्यो अवस्था रहेन। अदालतको फैसला सबैले मान्नुपर्ने अवस्था छ।


देशको कानुनभन्दा माथि कोही हुने कुरो पनि भएन। मार्न लागिएको संसद पुनः ब्युतिएपछि देशमा अब नयाँ सरकारको खोजी हुनेनै छ। पहिलाको बहुमत अब रहेन। अलग/ अलग  धारमा उभिएका पार्टीहरुमा विकल्प अब कसलाई कसरी आफूतिर तान्ने भन्ने नै छ। दिल्ली दरबार देखि संसद लोभ्याउने हर सम्भव कोसिस हुने नै छ । नेपालको राजनीति कति बेला कता लाने चापी अरुसंग छ ,भन्ने कुरो पनि बेला बखत यस्तो अवस्थामा उठेको जो हो। कुरो यति मात्र फरक हो,आफैले गर्दा राम्रो अरुले गर्दा नराम्रो। अबको दिनमा साना पार्टीलाई पनि आफ्नो बाटो खोज्ने अवस्था आएको छ। राजनितिमा यो सामान्य कुरो हो। खासै मतलब नहोला। यहाँ त कसले कति भागबण्डा अनि कुन पद पाउने भन्ने कुरो हुनेछ। सबैजना आफूतिर संसद तान्न अनि पदको लागि कति भनी बार्गेनिङ हुनेछ। यो परिस्थितिमा सरकार बनाउन करोडौंको खेल न होला भन्न सकिन।।जनताले दिएको मतको सम्मान कायम राखी  जसरी अदालतले फैसला दिएको छ। त्यसरी नै बिना तौल नापको शुद्ध सरकार बनोस्। मेरो भाग यति उसको भाग यति भयो भने अवस्था झन गम्भीर देखिन्छ।


प्रदेशबाट देशको हितमा सोच्ने मजदुरहरु देशमा अब राजनीतिक अस्थिरता देख्न चाहदैनौ, यो परदेश रहनेको मात्र नभएर सबैको चाहना पनि हो। हुन त,दुईतिहाइ तहस नहस भएको अवस्था छ। फेरिपनि आशा चाँही गर्नु नैं पर्यो। यो अवस्था कस्तो हो ,बुझ्न नी कठिन छ। एउटै पार्टीलाई दुइटा ग्रुपले आफ्नो भनी दावी गरेका छन्।यो अवस्था भनेको त झन जटिलता सिर्जना गर्ने अवस्था हो। कुन पक्ष कुन विपक्ष बुझ्न गाह्रो छ। मौका पर्खिएकाहरुको लागि यो सुनौलो अवस्था देखिन्छ। देशमा अस्थिरता चाहने मनहरु खुसीले पागल जस्तो भएका होलान्। कुर्चीलाइ आफ्नो स्वार्थमा सधै बाधक बनाएर आफ्नो लागि प्रयोग गर्ने गरिन्छ।यही नै विकासको बाधक पनि बनेको छ। अहिले विकासको कुरा भन्दापनि राजनीतिक कुरोको चर्चा भयकोले विकासको कुरो गर्नुको मतलब नहोला।


प्रदेशतिर पासपोर्टमा बाँधिएर काम गर्ने  मजदुर बुद्धिजीवीहरुमा आजभोलि देशको अवस्थाले संका उपसंका पैदा गरेको छ। जनताले दिएको मतको सम्मान कायम रहेको छ। मसान घाटमा पुर्याएको संसद पुनः संसद भवनमा भित्रिएको अवस्था छ। अब हाम्रो मनमा अर्को पश्न उब्जिएको छ। यिनीहरूको व्यवस्थापन गर्न र पुनः संरचना तयार गर्न कति खर्च लाग्ने हो। जो  देश अनि देशबासीको टाउकोमा ऋण बनेर आऊने छ।


नारायण कोइराला

तानसेन पाल्पा

हाल,यूएई।

कमेन्ट गर्नुहोस्