लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तत्काल एकीकरण नभए, एमाले र माओवादी केन्द्र अस्तित्वमा : सर्वोच्च अदालत

tillotmacitynews - 2021 Mar 07 09:33 PM
IMG

तिलोत्तमा, २०७७ फागुन २३। सर्वोच्च अदालतले दुई खेमामा बाडिएको हालको सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को अस्तित्व रहन नसक्ने भन्दै त्यसअघिका नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अस्तित्व कायम रहने भनी फैसला गरेको छ । राजनीतिक विषयवस्तुमा प्रवेश गरी अदालतले गरेको यो फैसलासँग हाल सत्ताबाहिर रहेका एमाले पृष्ठभूमिका नेकपाका नेताहरु एमालेका सांसदको रुपमा रहनेछन् भने हाल सत्तारुढ खेमामा रहेका माओवादी केन्द्रका सांसदहरु माओवादी केन्द्रको सांसदको रुपमा रहनेछन् । सर्वोच्च अदालतको यो फैसलाले हालको राजनीतिक परिस्थितिलाई थप जटिल बनाएको छ ।


सर्वोच्चले दुई दल मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम दर्ता गर्ने निर्णय बदर भएपछि निर्वाचन आयोगमा नेकपा एमाले र माओवादी केन्द्र भनी फरक फरक रुपमा रहेका दलहरुको अस्तित्व ब्युँझिएको भन्दै एकीकरण गर्ने भए यथाशीघ्र निर्णय गर्नु भनी आदेश गरेको हो ।

कमेन्ट गर्नुहोस्