
बुटवल २३ फागुन २०७७। बुटवल बहुमुखी क्याम्पसमा शुक्रबार अर्थशास्त्र विभागका डा.बाबुराम ज्ञवालीलाई विदाई गरिएको हो।अर्थशास्त्र विभागद्धारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बुटवल बहुमुखी क्याम्पस अर्थशास्त्र विभागबाट डा.बाबुराम ज्ञवालीले अर्थशास्त्र विषयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई निरन्तर रुपमा पुरुस्कार प्रदान गर्ने कार्य प्रशंसनीय भएको बताउदै यस्ता कार्यले गर्दा विद्यार्थीहरुलाई थप हौसलासंगै अझै मिहिनेत गर्न सहयोग मिल्ने बताउनुभयो ।
साथै उहाँले आगामी दिनहरुमा अन्य विभागहरुबाट पनि यस प्रकारको कार्य सुरुवात गर्न समेत आग्रह गर्नुभयो। त्यस्तै कार्यक्रमका अध्यक्ष अर्थशास्त्र विभाग स्नातकोत्तर तहका प्रमुख नरंजंग के.सी. ले डा. बाबुराम ज्ञवालीले अर्थशास्त्र विभागमा राम्रो कामको थालनी गरेर विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सफतलासंगै अगाडि बढन सहयोग गरेको कार्यप्रति आभार व्यक्त गदै उहाँले यस विभागप्रतिको योगदान सम्झनायोग्य रहेको बताउनुभयो । सम्मान तथा विदाई कार्यक्रममा विदाई हुनु भएका डा.बाबुराम ज्ञवालीको बाँकी जीवनको सफलताको शुभकामना सहित अर्थशास्त्र विभागबाट धेरै शिक्षकहरु निवृत्त भईरहदाँ कम जनशक्तिले मात्र सो विभाग धान्न गाह्रो पर्ने हुदाँ सोही विषयमा ध्यान दिन समेत क्याम्पस प्रमुखलाई न्यौपानेले आग्रह गर्नुभयो ।
कार्यक्रममा रुन्धति पुरुस्कार २०७७ बाट बि.ए.र एम.ए. तर्फबाट उत्कृष्टता हासिल गर्ने संन्तोष कार्की, पिताम्बर न्यौपाने , सुनिता खनाल, सुमना पाण्डे, र सुजन चापागाईलाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो भने लामो समय बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आउनु भएका डा.बाबुराम ज्ञवालीलाई बिदाई गरिएको थियो । कार्यक्रममा अर्थशास्त्र विभागबाट प्रकाशित जर्नल अफ इकोनोमिक लिटेचर भोलुम फाइभको कार्यक्रमका प्रमुख अतिथिबाट बिमोचन गरिएको थियो । कार्यक्रम अर्थशास्त्र विभागका प्रमुख नरजंग केसीको अध्यक्षता, क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको प्रमुख आतिथ्यता, डा.बाबुराम ज्ञवालीको विशिष्ट आतिथ्यता, डा.प्राशु नेपालको स्वागत र प्रेम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्