लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बिपी स्टडी युथ सर्कल तिलोत्तमा नगर कमिटी गठन,शैक्षिक रचनात्मक कार्य गर्ने

IMG
तिलोत्तमा फागुन २२, २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्र भित्र कार्य गर्ने गरि बिपी स्टडी युथ सर्कल तिलोत्तमा नगर कमिटी गठन भएको छ। जननायक बिपी कोईरालाको जिवन, सँघर्ष, उनको बिचार, साहित्य, दर्शन र उनका बिभिन्न पुस्तकहरुको अध्ययन, बिचार र बिमर्शका लागि देशै भरी बिपी कोईराला अध्ययन युवा समुह गठन गर्न लागिएको हो । यसै क्रममा रुपन्देही जिल्लाको तिलोत्तमा नगर समिती गठन गरिएको छ । नगर कमिटीले आफ्नो प्रथम बैठक पनि सम्पन्न गरेको छ । 



कार्यक्रममा बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतम, जिल्ला अध्यक्ष निराजन खरेल, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि न्यौपाने, बिपी बिचार राष्ट्रिय समाज रुपन्देहीका जिल्ला अध्यक्ष शरद भट्टराई लगायतको उपस्थितिमा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षको प्रस्तावमा नगर कमिटिले जिल्ला भरिका सबै पालिका / नगरमा छिट्टै समितीहरु बिस्तार गर्ने, शैक्षिक सस्था तथा कलेजहरुमा समिती बिस्तार गर्ने, आगामी दिनमा जिल्ला तथा नगर स्तरिय प्रशिक्षण कार्यक्रमहरु सँचालन गर्ने निर्णय गरेको बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष लक्ष्मण गौतमले बताए। 

कमेन्ट गर्नुहोस्