लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान सहकारीको पाँचौ शाखा शुद्धोदन गाउँपालिकामा

IMG

तिलोत्तमा, फाल्गुन १५,२०७७।  रुपन्देहीको शुद्धोदन गाउँपालिका- ६ बकुली बजार स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको पाँचौ शाखा कार्यालयको सुदृढ सेवा केन्द्रको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ।संस्थाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यक्रममा शुद्धोदन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले रिवन काटेर उद्घाटन गर्नुभयो।केन्द्रीय कार्यालयका व्यवस्थापक रणबहादुर थापाले संस्थाकाे बारेमा प्रकाश पार्दै २२ हजार सेयर सदस्य भएको पाँचौ शाखा बनाउन सफल भएको र केही दिनमै लुम्बिनी पनि शाखा संचालन गर्ने बताउनुभयो। लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको संस्थाले स्वस्थ समाजको परिकल्पनामा फर्साटिकर व्यापार संघ मानपकडी र बकुली व्यापार संघलाई सरसफाइ सामाग्री समेत हस्तान्तरण गरिएको सचिव सरु रानाले बताउनुभयो। कुल पुजी दुई अरब १६ करोड सेयर पूजी, १९ करोड बचत संकलन, १ अर्ब ७४ करोड ऋण लगानी, १अर्ब ७४ करोड  र संस्थागत कोष १६ करोड रहेको सहकारीले अहिले आफ्नो शाखा खोल्ने क्रममा शुद्धोदन गाउँपालिकाका आफ्नो सेवा सुचारु गरेको हो। 


सो कार्यक्रममा बोल्दै शुद्धोदन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले जन उत्थान सहकारीको ब्यबस्थापन र संचालनको तारिफ गर्दै आफ्नो गाउँपालिका लाई समेत समाबेश गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाले जबसम्म सहकारीलाई अगाडि बढाउन सकिन्न तबसम्म आत्मनिर्भर हुन नसक्ने भन्दै सहकारीले कृषि क्षेत्रमा लगानी गरी कृषकलाई आत्मनिर्भर बनाउनेअपेक्षा राख्नुभयो। त्यस्तै शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले महिलाको हितमा सहकारी अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै शुद्धोदन-६ का वडा अध्यक्ष जयशंकर पाठकले यस क्षेत्रकै अब्बल सहकारी भएका कारण अबको पाटो कृषिमा असल ऋणी खोज गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्द पाण्डे,स्वास्थ्य शाखाका प्रमुख कविराज गौतम,शुद्धोदन गाउँपालिका मानपकडी योजना शाखाका मानप्रसाद भण्डारी लगायतले सस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य राखेका थिए।उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष गिरीप्रसाद पुनको स्वागत मन्तब्य र संस्थाका सचिव सरु रानाको संचालनमा सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्