लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा आखा तथा दांतको निशुल्क स्वस्थ्य शिविर

IMG

१४ फाल्गुन २०७७,तिलोत्तमा। रोटरी क्लब अफ बुटवल चौतारीले शुक्रबार वृहत निशुल्क स्वस्थ्य शिविर संचालन गरेको छ ।सिमली डेन्टल प्रा.लि, बुटवल र मिनाक्षी आई केयर, भैरहवाको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो । तिलोत्तमा नगरपालिका स्थित पश्चिम पहुनी माविमा दन्त तथा आखा परिक्षण, उपचार, परामर्श र औषधी वितरण गरिएको क्लबका अध्यक्ष थानेश्वर पान्डेले बताए ।

शिविरको एक समारोहका बिच क्लबका सल्लाहकार राजेन्द्र ढकालले उद्घाटन गर्दै सामाजिक सेवाको भावनाका साथ क्लब निरन्तर समुदाय लक्षित कार्यक्रम गर्दै आएको बताए। कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज चौधरी, विद्यालयका प्रधानाध्यापक दुर्गा श्रेष्ठ, सचिव अर्जुन ढकालले समुदायको आवश्यकता बुझेर सचेतनासंगै विविध कार्यक्रम गर्दा उपयोगी हुने बताए । शिविरमा विशेषज्ञ चिकित्सकहरु र सहयोगीहरुबाट प्राविधिक सहयोग भएको थियो । शिविरका संयोजक दिपा भण्डारीले शिविरबाट अभिभावक तथा विद्यार्थी गरि आखा उपचारतर्फ २ सय ४५ र डेन्टलतर्फ २ सय ५६ जना लाभान्वित भएको बताईन ।

कमेन्ट गर्नुहोस्