लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरिया जापानको यो कस्तो अखण्डता

IMG
   
- बिक्रम थापा दक्षिण कोरिया
                      तिलोत्तमा सिटी  ,२०७७ फाल्गुन ६। पहिला पहिला गाउँमा मोटर बाटो नहुंदा ठूलो डोकोमा सिलोटको भांडाकुंडा राखेर भांडा ब्यापारिहरु पैदल हिंडेर गाउँ गाउँमा डुल्दथे।बिरे नुन,सियो,हुप,जिम्मु लिएर हिंड्ने साथै नारिले लगाउने चुरा,पोते बेच्नेहरु घर घरमा हिंडेर व्यापार गर्दथे।हाम्री आमाहरुले उनिहरुलाई पानी अथवा केही खाएर जाउ भन्ने गर्नुहुन्थ्यो।अपरिचित भए पनि यदि बाटो हिंड्दा गन्तव्यमा पुग्न नसके तिनिहरुले घरमा बास बस्न आग्रह गर्दथे।हामी खुसिले उनीहरुलाई बास दिन्थ्यौं। पाकेको आटोपिठो मिठो नमिठो जे छ त्यो खाएर रातिको चार पहर बिताई भोलिपल्ट बिहानै उनिहरु बाटो लाग्दथे।संसारमा अतिथी देवो भव: को संस्कार छ त हाम्रै नेपाली समाजमा जिवित छ। पाहुना स्वदेशि होस या बिदेशी सबैलाई  सम्मानको व्यबहारले हेर्ने  संस्कार  हामी नेपालिमा कायम छ ।तर सरकारी तवरबाट आएका बिदेसी पाहुनाहरुलाई भने अलि सजगता अपनाउनु पर्दो रहेछ।

 १९औं शताब्दी भन्दा अगाडि संसारका मानिसहरु बिदेसी पाहुना बनेर धेरै रास्ट्रमा घुमेको र ती पाहुनाले अरु देशमा गएर चिया ब्यापारको बाहानामा सम्पुर्ण खजना लुटेर आफ्नो देश मजबुत बनाउन रातीको चार पहर हैन शताब्दी नै बिताइदिएको ईतिहास ताजै छ।त्यस्तै बिदेसि पाहुनाको नालिबेलीको कथा दक्षिण कोरियाको इतिहासको पानो बाट।

कोरियामा जापानको आगमन 
   कोरियाको पुर्बमा रहेको छिमेकी रास्ट्र जापान कोरियाको इतिहास संग  जोडिएको हुनाले जापान देशको बारे यहाँ जोड्नै पर्ने देखिन्छ। जापान ठुला ४ वटा टापुले बनेको देश हो। टापुको हिसाबले हेर्ने हो भने इन्डोनेसिया,फिलिपिन्स ,पछिको संसारको तेस्रो धेरै टापु भएको देशमा जापान  पर्दछ भने कोरिया चाहिँ संसारको चौंथो नम्मरमा पर्ने देश हो।   १८औं शताब्दीको मध्यबाट जापान सैन्य शक्तिमा खुब शक्तिशाली तथा औधोगिक क्रान्तिमा अब्बल दर्जामा उदाइरहेको देश थियो।तत्कालिन समयमा इथो हिरो फुमी भन्ने एक जापानी प्रसिद्द,राजनितीज्ञ,कानुनविद  तथा जापानको नयां युगको पहिलो कार्यकारी प्रधानमन्त्री थिय। तिनको लक्ष्य बेलायत तथा युरोपियन मुलुकहरुले अरु रास्ट्रहरुलाई उपनिवेश बनाएर राज्य गरे जस्तै उनले पनि  पुरै एसियालाई कब्जा गरेर एउटा ठूलो जापानी साम्राज्य बनाउने महत्त्वाकांक्षा बोकेका थिए।

  जापान  टापु र अग्ला पहाडको देश भएकोले त्यतिबेला बिकासका लागि चाहिने खनिज पदार्थको कमि भएको थियो। ती दुरदर्शि जापानी शासकले पनि  देश बलियो बनाउनका लागि अरु देशबाट खनिज पदार्थ भित्र्याउनु आबस्यक देखेका थिए।त्यस्को लागि नजिकैको रास्ट्र जो तेस्रो मुलुक संग जमिनको सिमाना जोडिएको छ। उ संग मितेरी गांस्नु पर्ने देखिन्थ्यो।जुन कोरिया राज्य पर्दथ्यो। जस्ले चीन ,रसियालाई छोएको छ।अनि जापानले  तत्कालिन अखण्ड कोरिया संग सम्झौता गर्ने निर्णय लियो र  सन १८७६ मा जापानको एक सरकारी टोलि कोरिया आइपुग्यो।" त्यो टोलिले सोझा कोरियनहरुलाई  देशमा बिकास हुन्छ,जनताले सुख पाउँछन्,सर्बत्र रेल गुड्छ,देश धनी हुन्छ,जनता शिक्षित हुन्छन भन्ने प्रलोभन देखाएर एउटा असमान  सन्धी गराएछन।

"बिचरा कोरियनहरुलाई के थाहा र जापानले आफ्नो फाइदाको लागि मात्र  असमान सन्धी गरेको छ भनेर। अनि कोरियनहरुलाई  ल्याप्चे, अंगुठाको छाप मात्र लगाउन बाध्य बनाएर सन्धी पास गराएछन। त्यो सन्धिमा भएको १० वटा धारा मध्य कोरियाले तीन वटा बन्दरगाह बनाउनु पर्ने सर्त थियो।वैदेशिक सम्बन्ध केवल जापानसंग मात्र गर्नु पर्ने थियो। बन्दरगाह बनाएर  समुन्द्री ढोका खोले पछि फाइदा आफ्नो देशलाई नभई जापानीलाई हुन्छ भन्ने  हस्ताक्षर गर्ने कोरियनहरुलाई अबगत थिएन।जस्ले जापनिहरुलाई एसियामा लड्न जांदा युद्ध सामाग्री ओसारपसार गर्न्न सजिलो र कोरियामा भएको खनिज पदार्थ जापान लैजान मिल्ने छ भन्ने पनि ज्ञान भएन।यो कोरियाको इतिहासमा बिदेशी रास्ट्र संगको पहिलो सन्धी थियो।जस्लाई  खांङ ह्वा दो उन याङ हो सन्धी भनेर भनिन्छ।  सन १८७६ मा जापान संग गरेको सन्धीले कोरियामा पहिलो पटक बन्दरगाह बनाएर बिदेशी रास्ट्रलाई ढोका खोलिदिएको थियो।जस्ले भबिस्यमा अखण्ड कोरियालाई जापानको उपनिवेश बनाउने तथा  दुई भागमा बिभाजन गराउने बीउ बनेको थियो।

अखण्ड कोरिया जापानको उपनिवेश 
  सन्धी पश्चात् जापानीहरु कोरियामा बिना अनुमति आवतजावत गर्न थाले।जापानी सैनिकहरु कोरिया आउन थाले।कोरियनहरुलाई बिस्तारै बिस्तारै  अत्याचार,दमन शोषण गर्न थाले। त्यतिबेलाका जापानी सेनाको कुरा गर्नु पर्दा अति नै क्रूर थिए।या यसरी भनौ सैतान नै थिए।यस्तैमा सन १८९५ मा जापानी हतियारधारीको एक समुह अवैधानिक रुपमा कोरियाको राजाको दरबारमा घुसी  म्यङ सङ ह्वाङ हु रानिलाई बलात्कार गरि हत्या गरेर दरवारकै अगाडि मट्टीतेल हालेर जलाइदिए।अनि राजाको शक्ति कमजोर बन्न पुग्यो।राजा भागेर रसियाको दूतावास शरण लिन पुगे।हत्याको मुद्दा चलाउन पनि नपाउने भए।कोरियन सरकारले कारबाही पनि गर्न नपाउने भए।कोरियनहरुले प्रतिकार गर्न नपाउने भए। किन?किनकी सन १८७६ को सन्धिमा लेखिएको छकि "यदि कोरियामा कोहि पनि जापानीहरुले हत्या,हिंसा,बलात्कार गरेमा त्यस्को छिनोफानो जापान बाट जापानी कानुनी अनुसार गरिने छ।कोरियाको मुद्दा जापानीहरुले जापान लैजाने छ्न।कोरियनहरु केही बोल्न पाउने छैनन" कोरियनहरुले त्यस्तो लेखिएको सन्धिमा हस्ताक्षर गरेकोले एक शब्द बोल्न पनि नपाइ आँसु झारेर  चित्त बुझाउनु परेको थियो।

  एवमरितले अखण्ड कोरियाको सम्पूर्ण अधिकार जापानीहरुले खोसेर कोरियालाई जापानको पोल्टामा पारे।या यसरी भनौ सन १७५७ को जुन २३मा अंग्रेजहरुले  प्लासी को युद्धमा भारतिय मुस्लिम शासक सिराजुदौलाको फौजलाई हराएर भारतमा अंग्रेजको एकछत्र शासन सुरु गरे जस्तै कोरियनहरु पनि जापानीहरुको कठपुतली बनेर रहनु पर्ने दिन सुरु भएको थियो। लिखित इतिहासको १९ सय बर्ष कसैको अधिनमा नरहेको अखण्ड कोरिया सन १९१० बाट  जापानको उपनिवेश हुन पुगेको थियो।  जापानीहरुको साम्राज्य बिस्तारको पहिलो सिंढी बनेको  कोरियामा जापानीहरुले  आधिकार जमाएर कोरियाको संस्कृति,परम्परा,भाषा सम्पुर्ण नस्ट गराई आफ्नो भाषा संस्कृति सुरुवात गराएका थिए।यो दमन अत्याचार सहन नसकी कोरियनहरुले सन १९१९ को मार्च ३ बाट अहिंसाको आन्दोलन केवल झण्डा लिएर सुरु गरेका थिय।यो आन्दोलन महात्मा गान्धिको अहिंसाको आन्दोलन बाट ज्ञान लिएर सुरु गरिएको थियो भनेर इतिहासमा पढ्न पाइन्छ। तरवार,बन्दुक लिएर हिड्ने जापानीहरु संग केही जोर चलेन।जापानीहरुले आफ्नै छोराछोरीको सामुन्ने मातापितालाई गोलि हानी,तरवारले काटेर मारिदियो। 

हजारौलाई जेलमा हाल्यो।यसरी सन १९१० बाट सन १९३१ सम्म २१बर्ष भित्रमा कोरिया देश कोरिया नरहेर  जापान बनेको थियो।साथै यो बेलासम्म कोरियाको सम्पुर्ण खजना लुटेर जापान भैंसिको आंङमा बसेर रगत चुसेको किर्नो जस्तो बनेको थियो ।कोरियाको खनिज पदार्थ,अन्न,तथा सम्पूर्ण बहुमुल्य खजना जापान पुर्याएको थियो,भने कोरियाका दर्जनौ ठाउँमा सैन्य अखडा खडा गरेको थियो। तत्पश्चात कोरियन ठिटाहरुलाई फकाएर जापानि सेनामा भर्ती हुन बाध्य बनाइ कोरिया सेना लिएर  सन १९३१ मा मन्चुरिया (चीन)मा लड्न पुग्यो।त्यहां लडेर जिते पछि जापान झन शक्तिशाली बन्न पुग्यो।अनि सन १९३७ देखि  चीनको दक्षिणी  भुभाग नान्जिङ(नान्किङ)मा नरसंहार गर्दै ताइवान,कोरिया,चीन,फिलिपिन्स,मलेशिया म्यानमार(बर्मा) जितेर सन १९३९ सम्ममा सम्पुर्ण राज्यको मालिक बनेर साच्चिकै जापान विशाल साम्राज्य बन्न पुगेको थियो।तत्पश्चात "मैं हुं" एसियाको राजा भनेर दोस्रो बिश्वयुद्धमा होमिएको थियो।

 कोरियाको इतिहासमा जापानीहरुले कोरिदिएको कालो तथा पिडादायी  पानो
 जापानी सैनिकहरुले सन १९३१ बाट कोरियन चेलीहरु अपहरण गर्न सुरु गरेको थियो।कोरिया बाट विभिन्न वाहाना बनाएर जागिर खान पाइन्छ,पैसा धेरै कमाउन पाइन्छ,पढाइ गर्न पाइन्छ, जस्ता झुट्टा प्रलोभन देखाएर कोरियन कन्याहरु (१४देखि १९बर्ष बिचका)लाई अपहरण गरेर जुन जुन देशमा जापानीहरु युद्ध गर्न गए त्यहां त्यहाँ  निर्दोष चेलिहरुलाई लिएर गए।जान नमान्ने तथा इन्कार गर्ने मातापितालाई हत्या गरेर साथिहरुसंग खेलिरहेको ठाउंबाट,साना साना भाइबहिनीलाई हेरेर घर कुरिरहेका बेला,स्कुलबाट घर फर्कंदै गरेको अबस्थामा, बन्दुक देखाएर जबर्जस्ति सैनिकको गोलि बोक्ने ट्रकमा राखेर जापानीहरुले अपहरण गरि साथमा लिएर गएका थिए।जापानीहरुले तिन हजार भन्दा बढी कन्याहरुलाई त्यसरि अपहरण गरेर पाप कर्म गरेका थिए। सन १९४५ पछि दोस्रो विश्वयुद्द पनि सकियो। 

सारा एसियामा छरिएर रहेका बचेका जापानीहरु पनि सबै स्वदेश फर्किए। तर जापानी सेनाहरुले अपहरण गरेर लगेका ती अबोध चेलिहरु केही मात्र भागेर बांच्न सफल भए भने अरु सबै आफ्नो देश फर्किन पाएनन।जापानीहरुले  ती चेलिहरुलाई इज्जत लुट्न बनाएको घर जलाएर कुनै प्रमाण नराखी नश्ट गरे।अनि चेलिहरुलाई सामुहिक नरसंहार गरि कुनै अवशेष नराखी खाडलमा पुरेर, जलाएर स्वदेश फर्केका थिए। प्रकृति,समय भन्दा बलवान् यो संसारमा अरु कोहि छैन।जस्तो गरिन्छ उस्तै नतिजा मिल्दछ।जापानले कोरियनहरुलाई जसरी रुवाएको थियो त्यसरिनै सन १९४५ अगस्टमा अमेरिकाले जापानमा खसालेको आणविक  बम बाट आफ्नो कुकर्म को फल पाएको थियो।

अहिले पनि त्यो ठाउमा जन्मने हर पुस्ताले कुरुप बनेर श्रापको जीवन जिउनु परेको छ।समयले जापानलाई बदला लिए पनि ती कोरियन स्वर्गीय चेलिहरुको चिच्याहट,चित्कारले हर कोरियनको मात्र हैन हामी पनि छोरिको बाउ भएकोले पल पल छाती पोलिरहेको छ।सजग हुने बाटो खोजाइरहेको छ। सन १९४५ मा जापानले कोरिया छोडेर गयो। कोरिया स्वतन्त्र भयो।तत्पश्चात कोरियाले बिकास पनि खुब  गर्यो।नारिको लागि बलियो कानुन पनि बनायो।पुरुषलाई चेतनाको बिकास गराई नारिको पुर्ण सम्मान गर्न सुरु गरियो।त्यतिमात्र हैन कोरिया अहिले पितृसत्तात्मक बाट मातृसतात्मकमा कदम राखेको छ। अहिले नारिको पुर्ण अधिकार स्थापित भएको छ।नारिप्रधान देश बनि शान्ती छाएको छ।

 हाम्रो देश नेपालमा  
  सन १७६३ मा मकवानपुरमा भारतिय मुस्लिम शासक मिर्कासिमको सेनापति गुरासिन खानको फौज आयो।नेपाली सेनाले परास्त गरिदिए।
सन १७६७मा सिन्धुलिमा अंग्रेजको फौज आयो नेपाली सेनाले परास्त गरिदिए।सन १८१४मा कपिलवस्तुको शिबराज गढिमा(स्युराज भनेर अंग्रेजले  उच्चारण गरिदिएका थिए।स्युराज नभएर शिबराज हो) नेपाली सेनाले अंग्रेजलाई लखटे।नेपालमा छिरेर आतंक मच्चाउने लक्ष्य राखेको अंग्रेजले केहिसिप नलागे पछि अन्त्यमा  नेपाल छिर्नको लागि तत्कालिन हाम्रो भुमी हिमान्चल पुगेर बडाकाजी अमरसिंह थापाको छोरा संग अक्टर लोनिको छोराको मितेरी सम्बन्ध सम्म गांस्न सफल भए।त्यस्ले पनि बडाकाजिलाई उल्लु बनाउन सकेन। काम गरेन ।आखिर युद्ध नै गरे तर पनि अंग्रेजहरु बिफल नै भए, नेपाल छिर्न सकेनन।वीर सपुत,सम्पुर्ण रास्ट्रभक्त नेपाली योद्धाहरुको कारण आज नेपाल र नेपाली भन्न पाएका छौं।शान्तिको स्वास फेर्न पाएका छौं।

अब भोलिको लागि ,
हाम्रा हरेक नेपाली छोरिहरुलाई शिक्षित बनाउन सकौं।देशको कानुन बलियो बनाउन आवाज उठाउन सकौं।त्यतिमात्र नभएर छोराहरुलाई सजगताको साधना सिकाउन सकौं। यदि कहिँ कतै कुनै घटना घट्यो र त्यो  घटेको घटनामा पिडित पक्षलाई मर्माहत र दुखी त बनाउने नै छ,
त्यो भन्दा दुखी र लज्जित हाम्रो छोराहरु त्यो घटनामा सामेल भएको सुन्दा हुने छ।त्यसैले हामी अभिभावक सबैलाई चेतना आओस।  हरेक अभिभावकले हाम्रा छोराहरुलाई चेतनाको बिकास गराउन सकौं।अबको हाम्रो नेपालको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।हामी सबैको कल्याण होस।
  

कमेन्ट गर्नुहोस्