लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ती नमुनाको ६२ औं वार्षिकोत्सव सम्पन्न

IMG

तिलोत्तमा ४ फाल्गुन २०७७, मंगलवार। बुटवल । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेसका नेता बालकृष्ण खाडले सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाएको नमुना समयसापेक्ष अगाडि रहेको बताए ।सोही अवसरमा पूर्व मन्त्री बालकृष्ण खाँड दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन समेत गरेका थियो । विद्यालयका प्राधानाध्यापक कुलप्रसाद लामिछानेले अग्रेजी र नेपालीमा पठनपाठनसंगै प्राविधिक शिक्षालाई समेत जोड दिएको बताए ।


अटिजमका बालबालिका लक्षित गरेर केन्द्र स्थापनाको तयारी समेत भएको उनले बताए । कार्यक्रममा शिक्षा समन्वय ईकाई रुपन्देहीका दिपेन्द्र ढकाल, विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बश्यालले रुपन्देहीको शैक्षिक ईतिहासमा नमुनाको योगदान रहेको बताए ।कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति, संस्थाका साथै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा अन्य कार्यक्रममा उत्कृष्टहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा ३ हजार ६ सय विद्यार्थी र १ सय ३० शिक्षकहरु रहेका छन ।


कमेन्ट गर्नुहोस्