लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुस्याहा कुकुरको त्रासमा तिलोत्तमाका भलवारीबासी

IMG

तिलोत्तमा, २०७७ फाल्गुण २ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित भलवारी क्षेत्र भित्र हिजोआज भुस्याहा कुकुरहरुको विगविगी निकै बढेको त्यहाका स्थानियहरुको भनाइ छ । भुस्याहा कुकुरले गर्दा साँझ विहान हिड्ने पैदल यात्रीहरुलाइ निकै गाह्रो भएको उनीहरुको भनाइ छ। भलवारी बजार वरपर बाटो हिड्ने मानिसललाइ भुस्याहा कुकुरले आक्रमण गर्न थालेपछि सर्वसाधारण त्रसित भएका हुन् । भुस्याहा कुकुरलाइ नियन्त्रण गर्न स्थानिय प्रशासनले चासो नदिएको प्रति सर्बसाधारणको गुनासो रहेको छ । तिलोत्तमा नगरपालिका स्थित भलवारी क्षेत्रमा रेविज रोग लागेका संकास्पद कुकुरहरु पनि देखिन थालेका छन् भने घाइते कुकुरवाट रोग फैलने सम्भावना समेत रहेको छ ।


यस्ता कुकुरहरुको बारेमा नगरको पशु सेवा कार्यालय बाट समेत कुनै पहल नभएको भन्दै स्थानियले गुनासो गरेका छन्।  गाउँ घरमा पालेर रोग लागेमा या घाइते या घाउ भएमा छोडदिने र बढी जसो टाढावाट आउने मानिसहरुसँग आउने र घर नफकर्ने हुदाँ कुकुरको संख्या बढेको बजारबासीको भनाइ छ । स्थानिय बृहस्पति थापाका अनुसार हालसम्म १०/१२ जनालाइ टोकेको  त्यस्तो भुस्याहा कुकुरलाई रेबिज हुन सक्ने भन्दै उनले सो को बारेमा स्थानिय प्रसासन, पशु सेवा कार्यालय, स्थानिय टोल बिकाश सस्था , क्लब र समाजका अगुवा हरुले अभियान नै चलाउनु पर्ने बताएका छन्। हाल मंगलापुर देखि तल भलवारी बजार र सखुवानी सम्मका आपपासमा केहि संख्यामा भुस्याया कुकुर देखिएका छन् ।

कमेन्ट गर्नुहोस्