लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति नमुना माध्यमिक विद्यालयमा विभिन्न प्रतियोगिता

IMG



तिलोत्तमा २०७७ माघ २८। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा मंगलबार विभिन्न प्रतियोगिताहरु भएका छन् । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो । जस अन्तरगत सिनियर तर्फ नेपाली माध्यममा भएको वक्तृत्वकला प्रतियोगितामा श्रृष्टी खरेल प्रथम , अनिल पौडेल द्वितीय र कोमल प्रसाद पाण्डे तथा केदार ज्ञवाली तृतीय भएका छन् भने कुशल आचार्यले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।त्यस्तै जुनियरतर्फ भएको कविता वाचन प्रतियोगितामा गंगा भण्डारी प्रथम, सेवा रेग्मी द्वितीय,इभान्जेलिना श्री तृतीय  तथा आशिष खनालले प्रोत्साहन स्थान प्राप्त गरेको  साहित्य समितिका सदस्य सुमित्रा सापकोटाले जानकारी  दिनुभयो ।विद्यालयका साहित्य कार्यक्रम संयोजक चन्द्रकान्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले आफ्नो भनाई राख्नु भएको थियो भने शिक्षकहरु दिनेश खड्का , शुसिला पाण्डेय लगायतले रचना वाचन गर्नुभएको थियो ।


त्यस्तै कक्षागत रुपमा भएको कुर्सी दौडमा कक्षा ६ मा  गंगा खरबिन्द प्रथम, श्रेया पंगेनी द्वितीय  र आशिका  पुन मगर तृतीय भएका छन् भने कक्षा ७ मा मधु ढकाल प्रथम, पुष्पा पाण्डे  द्वितीय तथा  वर्षा भट्टराई तृतीय भएका छन् ।यस्तै कक्षा ८ मा नेहा भट्टराई प्रथम, प्रशंसा पोख्रेल द्वितीय तथा   आशिका जैशी तृतीय भएका छन् भने कक्षा ९ मा सिमानु लामिछाने मगर प्रथम, निकिता पाण्डे द्वितीय र राधा कंडेल तृतीय भएका छन् ।यसैगरी कक्षा ११ र १२ तर्फ  छात्रहरुको कबड्डी प्रतियोगितामा कक्षा १२ विज्ञान समुह प्रथम, कक्षा ११ व्यवस्थापन समुह द्वितीय र कक्षा १२ शिक्षा समुह तृतीय भएका छन् । यसैगरी छात्रतर्फ भएको ट्रिपल जम्पमा सुनिल रावल प्रथम,बिशाल दंगोरिया द्वितीय तथा समिर कुँवर  तृतीय भएका छन् । लङ्ग जम्पमा सुनिल रावल प्रथम,  बिशाल दंगोरिया द्वितीय तथा समिर कुवँर तृतीय भएका छन् भने हाई जम्पमा सुनिल रावल प्रथम, जीत बहादुर दर्जी द्वितीय तथा बिशाल श्रेष्ठ  तृतीय भएका छन् ।


यसैगरी छात्रातर्फ भएको  लङ्ग जम्पमा शिवानी शर्मा प्रथम,  सुस्मिता नेपाली  द्वितीय र दीपा खत्री तृतीय भएका छन् भने हाई जम्पमा फुल कुमारी थारु प्रथम, सुस्मिता नेपाली द्वितीय तथा दिव्या खत्री तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो । यसैगरी क्रिकेट, बास्केटवल, छेलो फाल्ने लगायतका प्रारम्भिक खेलहरु पनि सम्पन्न भएका छन् ।मंगलबार सम्पन्न प्रतियोगिताका विजेताहरुलाई विद्यालयका सल्लाहकार सदस्य लक्ष्मण खनाल, प्रधानाध्यापक  कुल प्रसाद लामिछाने, सहायक प्रधानाध्यापक किशार कुमार खनाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्