लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिटमाथिको बहस क्लाइमेक्स्मा, सरकारी वकिलको बहस एक घण्टा मात्रै

IMG

बुधबार, माघ २८, २०७७ तिलोत्तमा। प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि बुधवार पनि सरकारी पक्षका वकिलहरूले बहस गरेका छन् । गएको माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस सुरु भएकोमा १९ गतेदेखि प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सरकारको पक्षबाट वकिलले बहस गरिरहेका छन् । प्रतिनिधि सभा विघटनको पक्षको बहस अन्तिम चरणमा पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार एक घण्टामा बहस सक्न आग्रह गरेका छन। बुधवार १५ जना वकिलले बहस गरेका थिए ।


बहसमा वकिलहरूको नयाँ कुरा नआएपछि बुधवार केही वकिललाई दुई मिनेट मात्रै बहसको समय दिइएको थियो ।अब बिहीवार एक घण्टा ओली पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फका वकिलले बहस गर्ने तयारी छ । त्यसपछि एमिकस क्युरीको बहस सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । एमिकस क्युरीको बहस सकिएपछि अदालतले फैसला सुनाउने छ ।गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको खारेज र संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

कमेन्ट गर्नुहोस्