लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मृगौला फेल भएका पत्रकार आत्रेयको उपचारमा आर्थिक अभाव,सहयाेगको अपील !

IMG
२० माघ २०७७,तिलोत्तमा। रुपन्देहीका अग्रज पत्रकार चतुर्भुज आत्रेयको उपचारमा आर्थिक अभाव भएको छ । दुबै मृगौला फेल भएका उनको उपचारका लागि रकम अभाव भएपछि सहयाेगको अपील गरिएको हाे ।रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका उनको उपचारका लागि नेपाल पत्रकार महासंघ रुपन्देहीले सहयोगको अभियान समेत चलाएको महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले बताए ।

लामो समय देखि दुबै मृगौला फेल भएर उपचाररत आत्रेयको स्वास्थ्य जटिल बन्दै गएको र आर्थिक अवस्था समेत कमजोर रहेकोले उनको उपचारमा सहयोग गर्न महासंघले अपील गरेको हो । उनलाई उपचार गर्न चाहनेले उनको उपचारको लागि सञ्चालनमा आएको उपचार कोष – चत्रुर्भुज आत्रेय उपचार कोष, खाता नं ००१००१००००५०३३०००००४, शाइन रेसुङ्गा बैंकमा जम्मा गर्न सकिनेछ ।उनलाइ गजल सागर नेपाल लगायतका संङ्घ संस्थाले रकम सहयाेग गरेका छन् । कवि समेत रहनुभएका आत्रेयको सहयोगार्थ प्रलेस रुपन्देही र गजल सागर नेपालको पहलमा रकम संकलन भैरहेको गजल सागर नेपालका अध्यक्ष मीन राना मगरले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्