लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाहुर र लाहुरे : बिक्रम थापा ( हाल दक्षिण कोरिया )

IMG
       पहिला पहिला त  घडी पनि  थिएन।समय हेर्नको लागि  सुर्यको किरण  घरको पालिमा  ठोक्किएपछि छानोको बिटबाट पिंढीमा बनेको छायांको  लाइनको आधारामा  कति बज्यो भन्ने अबगत हुने गर्दथ्यो।त्यही आधारमा गाईबाख्रा चराउन तथा स्कुल जाने समय थाहा लाग्थ्यो।सानो छंदाको त्यो बेला शनिबार छुट्टिको दिन गोरु बाख्रा चराउन जांदा  इन्डिया तथा हाम्रो नेपालको लाहुरे दाजुभाइहरुसंग भेट हुने गर्दथ्यो।वहांहरुले लाहुरे जिबनको बारेमा बताएको  कुराहरुले मज्जा लाग्थ्यो भने पल्टनमा खाने कसम र लडाइँको कुराले दुख पनि लाग्दथ्यो।ढिकीमा कुटेको धान नांग्लोमा पट्यास पट्यास पार्दै बयां र कनिका निफानी रहेकी आमालाई लाहुरेको कुरा सुनाउंदा आमाले भन्नू हुन्थ्यो।"लाहुरे त हुन पर्च बाबू। बुढेसकालां साहारा बन्च।पिन्सिनले नुन खानी बाटो हुन्च।" हुनत हो लाहुरेको पेन्सिनले लाहुरेको घरमात्र चलेको कहाँ छर हाम्रो देश नेपालकै मजबुत  खम्बाको रूपमा उभिएको छ।

लाहुरे हजुर लाहुरे।
  संसारको इतिहासमा कति धेरै डरलाग्दा युद्धहरु भए ती हामिले चलचित्र मार्फत हेर्न पाएका छौं।तर कोरियाको युद्ध भने सदाका लागि परदा पछाडी राखियो।आज त्यही कोरियाको लाहुरेको लडाइँ तथा लडाइँले कोरियामा जन्माएको  भोकमरिको पानो बाट कोरियाले सन१९४५ मा जापान बाट स्वतन्त्रता पाएको थियो।स्वतन्त्रता पाएर अखण्ड कोरिया छमछम नाचेको थियो।तर स्वतन्त्र भई  प्रजातन्त्र जन्मेको उमेर ३ बर्ष पनि नहुंदै अखण्ड कोरियालाई ठुला दुई देश अमेरिका र रसियाले आफ्नो स्वार्थको लागि दुई भागमा बिभाजन गराइदिए।सन १९४८ मा  ३८ डिग्री समानान्तर रेखा बाट बिभाजन भइ अखण्ड कोरिया उत्तर र दक्षिण कोरिया नामाकरण हुन पुगे। हामी पनि त्यस्तो छिमेकि देशको आडमा छौं जहाँ  अखण्ड भारतलाई रातारात बन्चरोले चिरपाटे दाउरो चिरे झैं फ्वाक्कै टुक्र्याइदिएका थिए।

सन १९५० को उत्तर कोरिया र दक्षिण कोरियाको युद्ध 
  बिभाजन पश्चात्  यी दुई देशको दिनचर्या शान्ती तवरबाटै चलिरहेको थियो। २ बर्ष पछि उत्तर कोरियाले रसियाको सहयोग लिएर सन १९५० को जुन महिनाको २५ तरिखमा दक्षिण कोरियालाई अचानक  आक्रमण गरिदियो।  युद्धको कुनै तयारी नै नभएको अबस्थामा दक्षिण कोरियालाई आक्रमण गर्न पुग्यो। एक महिना भित्रमा उत्तर कोरियाले (फुसान बाहेक)पुरै दक्षिणी भुभाग कब्जा गर्न सफल भएको थियो।दक्षिण कोरियाको प्रत्येक शहरमा कम्युनिस्टको झण्डा फरफर गर्न सुरु गरेको थियो।रसियाको स्टालिनले सोचेको अनुसार कोरियालाई कम्युनिस्ट राज्य बनाउने सपना अब पूरा हुने भयो भन्ने आभास भएको थियो।

अमेरिका तथा संयुक्त रास्ट्रसंघका सैनिकको सहयोग दक्षिण कोरियालाई
 तत्कालिन अमेरिकी रास्ट्रपति हेरि. एस. ट्रुमनले  संयुक्त राष्ट्रसंघका सम्पुर्ण सदस्यलाई आपतकालीन बैठक बोलाए।दक्षिण कोरियालाई बचाउ गर्ने छलफल भयो।त्यस्मा शक्तिशाली १६ वटा देशहरुले दक्षिण कोरियालाई युद्धमा साथ दिने र कम्युनिस्ट राज्य हुन बाट जोगाउने निर्णय  गरेछन।अमेरिकी सैनिक जनरल डगलेस मेकाहर्तरको अगुवाइमा शक्तिशाली १६ देशका सैनिकहरु आधुनिक हातहतियार सहित  सेप्टेम्बर महिनामा उत्तर कोरिया बिरुद्द युद्द गर्न दक्षिण कोरिया आइपुगे।

संयुक्त रास्ट्रसंघका सेना र उत्तर कोरियाली सेना संगको भिडन्त
  उत्तर कोरियाको सेना र संयुक्त रास्ट्रसंघका सेनाहरु बिच घमसान युद्ध भयो। पहिलो भिडन्तमा संयुक्त रास्ट्रसंघका सेनाहरु उत्तर कोरियाली सेना संग लड्न हम्मे हम्मे परेको थियो भनेर भनिएको छ।त्यति सु -सज्जित आधुनिक हातहतियार,तोप, बोकेर आएको १६ रास्ट्रको फौजलाई स्टालिनले दानमा दिएको हतियार बोकेका उत्तर कोरियाली सैनिकको सामु घुंडा टेक्ने बनाइदिएका थिए रे।या यसरी भनौं सन १८१५को जनवरी ३ मा हिप्पी जोन सुलेवान हुडको ३५ सय जनाको अंग्रेज फौजले हाम्रो देशको बुटवल जितगढी किल्लामा आक्रमण गर्दा तत्कालिन पाल्पाका बडाहाकिम उजिरसिंह थापाको मात्र ३सय गोर्खा सेनाले आधुनिक हातहतियार सहितको आंग्रेज फौजलाई घुंडा टेकाएको जस्तै ती १६ रास्ट्रका सैनिकलाई उत्तर कोरियाली सैनिकको अगाडि सर्मिन्दाको विषय बन्न पुगेको थियो भनेर इतिहासमा पढन पाइन्छ।

जनरल डगलेस मेकहार्तर को चमत्कारि निर्णय तथा स्टालिनको सपना बिफल
 युद्धमा संयुक्त रास्ट्रसंघको  जितमा कठिन भएपछि यी जनरलले नयां तरिका अपनाएछन।दक्षिण कोरियाको दक्षिणी भुभागमा लडिरहेका उत्तर कोरियालि सेनालाई केही सेनाले लडाइँ गरेर अड्काइरहने आदेस दिए भने जापानको योकोहामा,खोबे,बन्दरगाहमा पर्खाइमा राखिएका संयुक्त रास्ट्रसंघका थप सैनिकबल र हतियार बोकेका जहाज तुरुन्त बोलाएर रातिको समयमा इन्छन बन्दरगाह ओरालेछन।यो इन्छन जहाँ उत्तर कोरियाको सिमाना बाट नजिक पर्दछ।अनि उत्तर कोरिया बाट आउने उत्तर कोरियाली सैनिकको आउने बाटो बन्द गरेछन।दक्षिणी भुभाग भित्र तथा फुसान सम्म फैलिएका सैनिकलाई सिमाना पार हुन नपाउने गरि पुलहरु सम्पूर्ण भत्काएर दक्षिणी भुभागमै थुनेर लडाइँ लडेछन।उत्तर कोरिया बाट थप सेना तथा हतियार भित्रिन नपाए पछि दक्षिण कोरिया भित्र भएका उत्तर कोरियाली सैनिक कमजोर बन्न पुगे। संयुक्त रास्ट्रसंघको सेनाको गोलि खानु बाहेक बिकल्प अर्को थिएन।संयुक्त रास्ट्रसंघका सेनाले  सन १९५० को सेप्टेम्बर २८ मा  एक महिना भित्रमा दक्षिण कोरियालाई  बचाउन सफल भएका थिए।  अमेरिकी जनरल डगलेस मेकहार्तरको त्यो  चातुरियाता,युद्ध कला कौशल ,तथा अदम्य सहासका कारण दक्षिण कोरियाबाट उत्तर कोरियाली सेनालाई जित्न सकेको थियो।समुन्द्री मार्गबाट लामो तथा घुमाउरो बाटो प्रयोग गरेर सफल भएको संयुक्त रास्ट्रसंघको सैनिकको त्यो कार्वाहीलाई  "इन्छन साङ न्युक छाक चन अथवा (incheon opration chromite )भनेर  भनिन्छ।जस्को कारण आज दक्षिण कोरिया नामको देश रहेको छ।

 संयुक्त रास्ट्रसंघको सैनिकलाई चिनीयां सेनाको आक्रमण 
  दक्षिण कोरिया इन्छन अप्रेसन क्रोमाइट पछि  पहिलाको सिमानाको आधार जस्तै बन्न पुगेको त थियो।तर संयुक्त रास्ट्रसंघका सैनिकहरु यतिमै रोकिएनन उनिहरुले उत्तरी भुभाग पनि जितेर एउटा लोकतान्त्रिक देश बनाइदिने निर्णय लिएछन।अनि उत्तरी भुभाग युद्ध गर्न तम्सिए।उनिहरुले नभन्दै  उत्तर कोरियाको भुभाग जित्दै उत्तरी चिनको सिमाना यालु नदि सम्म पुगे।उत्तरलाई जितेर युनाइटेड कोरिया बन्न सक्ने सम्भावना बनेको थियो।तर माओत्सेतुङ्ले आफ्नो सेना संयुक्त रास्ट्रसंघको सेना संग लड्न पठाइदियो।चिनका लाखौं सेना उत्तर कोरियालाई साथ दिंदै संयुक्त रास्ट्रसंघका सेनालाई आक्रमण सुरु गर्‍यो। साथै उत्तर बाट रास्ट्रसंघका सेनालाई मार्दै धपाउदै  पछि हट्न बाध्य बनाइदिए। चिनियाँ सेनाको अगाडि केही जोर चलेन।संयुक्त रास्ट्रसंघका सेनालाई चिनियाँ सेनाको पेलाइ साथै माइनस ३०डिग्रीको चिसोले झनै पीडा दियो।चिनियाँ सेनाको कारण संयुक्त रास्ट्रसंघका सेना पछि हट्न बध्य भए।

 रोचक प्रसंग 
   चिनियाँ सेनाले संयुक्त रास्ट्रसंघका सेनालाई पछि हट्न बाध्य बनाए पछि  डिसेम्बर महीनामा संयुक्त रास्ट्रसंघका सेना सबै दक्षिण कोरिया आइपुगे।तर उत्तर कोरियाको  हुङनाम भन्ने  बन्दरगाहमा तीन लाख पचास हजार टन युद्द सामाग्री बोकेको अन्तिम पानीजहाज दक्षिण कोरिया फर्किन तयारी अबस्थामा थियो।यसै बिच उत्तर कोरियाका हजारौं  सर्बसाधरण मानिसहरु संयुक्त रास्ट्रसंघका सैनिक संगै दक्षिण कोरिया लैजान आग्रह गरेछन।यदि नलगेमा चिनियाँ सेना तथा उत्तर किरियाली सेनाले उनिहरुलाई मार्ने कुरा बताएछन।मान्छे बोक्ने जहाज दक्षिण कोरिया आइसकेको र अन्तिम जहाज त्यही समान बोक्ने जहाज बांकी भएकोले जहाजको  क्याप्टेन लिओनार्द लारु (lionard larue)लाई समस्या परेछ।कोरियन जनरल ह्यन बोंङ हाक ले लाख बिन्ती गरेछन।अनि हतियार भन्दा मानवजीवन बहुमुल्य भन्ने सोची जहाज भित्र भएको तीन लाख टन हतियार तथा युद्ध सामग्री सम्पुर्ण त्यहीँ फालेर त्यो जहाजमा १४ हजार जना उत्तर कोरियाली शरणार्थीलाई लिएर दक्षिण कोरिया आउन सफल भए।जुन जहाजको नाम  एस एस मेरेडिथ भिक्टोरी (ss  meredith victory) थियो।जस्ले १४हजार मानिसको जीवनरक्षा गरेकोमा गिनिज वर्ल्ड रेकर्ड बूकमा दर्ता हुन पुग्यो।

अझ रोचक :उत्तर कोरियाली शरणार्थीको छोरो दक्षिण कोरियाको रास्ट्रपति 
त्यो जहाजमा भएका १४ हजार शरणार्थी मध्य एउटा यस्तो जोडि थियो जस्ले दक्षिण  कोरिया आएको दुई बर्ष पछि एउटा बालकलाई जन्म दिए।त्यो शरणार्थी बालक ठूलो भएर दक्षिण कोरियाको इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेखाउन सफल भयो।ती भाग्यमानी बालकको नाम हो  मुन जे इन  जो बर्तमानमा  दक्षिण कोरियाका १९औं रास्ट्रपति हुन।तेस्रो चरणको लडाइँ सिमानामा रहेर लगातार तीन बर्ष सम्म चलिरह्यो।लाखौं चिन , तथा रास्ट्रसंघका सैनिकहरुले  ज्यान गुमाए। यो युद्धमा नत चाइनिज सैनिकले जिते,नत संयुक्त रास्ट्रसंघका सैनिकले,नत उत्तर र नत दक्षिण कोरियाले नै।तीन बर्ष सम्म युद्ध निरन्तर भयो। तर कसैको एक इन्च जमिन बढेन।नत कसैको  हारजित नै हुन सक्यो।अन्ततः सन १९५३ को जुनमा  चीन अमेरिका र रुसको आपसी समझदारीमा युद्धविरामको सम्झौता भयो।युद्ध समाप्तिको सम्झौता नभएकोले अहिले पनि दक्षिण कोरियाको सिमानामा हजारौं अमेरिकी सैनिक तैनाथ छ्न।

भोकमरीको कारण
यो युद्धबाट  कसैलाई फाइदा हुन सकेन। उत्तर र दक्षिण कोरियालाई ठूलो नोक्सान हुन पुग्यो। कारखाना,पुल,बाटो,घर,भवन,स्कुल ,क्याम्पस सरकारी कार्यलय सबै खंडहरमा परिणत भए।खेती हुने जमिनमा रगत र मासुको थुप्रोले किरा फटयांग्रा उत्पति भए।उत्तर र दक्षिण दुवै देशका तीस लाख मानिसहरु को ज्यान गयो।सारा घरबारबिहिन,साहाराबिहिन भए।जिबित रहेका मानिसहरु अपांग,कुरुप भए।एउटा रोटिको लागि फैलाउने हात पनि रहेनन।संसारलाई गुहार्नु बाहेक बिकल्प रहेन। भोकमरीको कारण यहि युद्ध बन्न पुग्यो, जतिबेला  ३९ वटा देशले खाद्यान्न पठाएर सहयोग गरेका थिए।

हाम्रो देश नेपालमा
   हाम्रो नेपालको पुर्खाहरु पस्चिममाअंग्रेजसंग  लडाइँ गर्दै गर्दा  सन १८१५ अप्रिल २३ तारिखका दिन जनरल अमर सिंह थापा र अक्टर लोनि बिच एउटा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।जस्मा जनरल अमरसिंह थापाले नेपालीहरु  बृटिश सेनामा भर्ती हुन पाउने अनुमती दिएका थिए।सन १८१५ देखि अहिले सन २०२१ सम्मको २०६ बर्षको दौरानमा संसारमा कति धेरै युद्धहरु भए ती युद्धले  हाम्रो हर एक  गोर्खालिको रगत पिएको छ।हजारौ नेपालि दाजुभाइहरुले सहादत प्राप्त गर्नु भएको छ।तसर्थ हामिले वहाँहरु सम्पुर्ण प्रती हार्दिक श्रद्धाञ्जली अर्पण साथै सम्पुर्ण लाहुरेलाई सिर निहुर्याएर सम्मानको ठूलो गुच्छा चढाउन चाहान्छौं।

हरेक नेपालिले लाहुरेलाई कसरी  सम्झने          
    हरेक सैनिक को नाम संकलन गरेर नेपालमा सैनिक मेमोरियल हलको स्थापना गर्न जरुरी देखिन्छ।नेपालका ७७वटै जिल्लाका  विद्यार्थीहरुलाई यस्ता मेमोरियल हलको अबलोकन गर्नै पर्ने बाताबरण बनाउनु पर्नेतिर जोड दिनु पर्ने देखिन्छ।ताकी हरेक नेपाली बालबालिका ले लाहुरेको दास्तान बुझ्न सकुन।भारत तथा बेलायतमा लाहुरे भएर ती  देशको जि.डि.पि. बढाउने हैन आफ्नै नेपालको जि.डि.पि.बढाउने भन्ने तिर ध्यान जाने छ।हाम्रा हरेक नेपाली सन्तानले स्वदेशमा नै कारखाना खोली बिदेसि कामदार भर्ती गराउने तिर ध्यान जानेछ।हरेक नेपाली  बिदेशको लाहुरे हैन नेपालमै मालिक बन्नु पर्दछ भन्ने सोच आउने छ।लाहुरे हुन बन्द गर्ने तिर ध्यान जाने छ।अब हजुर हामी (लाहुरे,ढाक्रे)सबै मिलेर गोर्खा सैनिक मेमोरियल हल बनाउन तिर जोड नदिने त?हामी सबै नेपालिको कल्याण होस। अबको हाम्रो देशको पुस्ता कोहि पनि बिदेसिनु नपरोस।

कमेन्ट गर्नुहोस्