लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलकी रञ्जु प्रथम,काठमाण्डौंकी पल्पसा द्धितीय

IMG

तिलोत्तमा, २०७७ माघ १०।साहित्यका माध्यमबाट महिला सशक्तीकरण तथा साहित्यमा महिलाको उपस्थितिलाई प्रवर्धन गर्नका निमित्त आयोजित सस्वर कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बुटवलकी रञ्जु गौतम घिमिरे प्रथम भएकी छन्। काठमाण्डौंकी पल्पसा काफ्ले द्वितीय भएकी छन् भने पाल्पाकी भावना खनाल तृतीय भएकी छन् ।तीनजना मूल्याङ्कनकर्ताबाट यो मूल्याङ्कन भएको हो । मूल्याङ्कन समितिको निर्णय र सिफारिसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार तथा भर्चूअल प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा. डा. कपिलदेव लामिछानेको अध्यक्षतामा तथा सांसद सिन्धु जलेसाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा प्रथम सत्रको संचालन डा. नारायणप्रसाद पन्थ र दोस्रो सत्रको कार्यक्रम संचालन महासचिव डा. शालिकराम पौड्यालले गरेका थिए ।उक्त कार्यक्रममा डा. नारायणप्रसाद पन्थ लिखित नेपाली उखान र टुक्काको समाजभाषिक विश्लेषण , शिक्षण विधि र प्रक्रिया नामक पुस्तक विमोचन भएको थियो । प्रतियोगितामा देशभरबाट १०० बढीको सहभागिता रहेको थियो भने ३० जना कविले प्रतिष्पर्धा गरेका थिए ।

कमेन्ट गर्नुहोस्