लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेतेको आत्मकथा

IMG
नमस्ते ! मेरो नाम सेते ! सडकको भुसिया कुकुर भन्दा बुझ्न सजिलो होला। मेरो बाबा आमाको देबदह भलुही नीर भेट भएको रहेछ, कार्तिकको  महिना थियो रे ,आमा सारै राम्री बाबाको एकै नजरमा माया बसेछ। त्यै माया प्रेमको नतिजा म र अरु  ६ जना भाइ बैनि जन्मिएयौ। सानोमा त सारै राम्रो थिए रे म। अलि अलि सम्झना छ सानोमा सबैले खेलाउने हात-हात गराउने मिठो मिठो खुलाउने गर्थे। सारै रमाइलो थियो बचपन मेरो, सम्झदा नि मुहारमा मिठो मुस्कान आउने ।

म जति ठूलो हुँदै गए मेरा दु:खहरु पनि ठुला हुँदै गए,मान्छेको छि:छि र दुर-दुरको कारण बन्दै गए म। त्यसपछि जीवन जिउनका खानाका लागि फोहोरको डङ्गुर धाउने मेरो दैनिकी बन्दै गयो,खानाको लागि कैले यता कैले उता भौतारिने मेरो नित्यकर्म र दिनचर्या नै भयो।  जन-तन यसरी नै चल्दै थियो मेरो कठोर जिन्दगी।एक्दिनको कुरा हो, चैत बैशाखको टन्टलापुरे घाममा सडकमा भौतारिदै थिए , सुर्य सिधै टाउको माथी थियो। सायद दिउसोको १२ बजेको हुनु पर्छ,गर्मीले गला सुकेर प्याक-प्याक भयको थियो।  सडक किनारमा पसलको अगाडि  बाल्टिमा पानी देखे। गर्मीले प्याक-प्याक भएको म प्यास मेटाउन के मन्टो गाडेको थिए ,एउटा मानब रुपि दानबले इट्टाले हान्यो। म सोहि स्थानमा मुर्छित भए ,सकि नसकि बामे सर्दै आफ्नो बाटो लागे।

अलि पर पुगेर हेर्दा त मेरो शरीर रगतले पुरै लतपतिएको रैछ।  साथिहरु जम्मा भए जिब्रोले चाटिदियर सन्चो हुन्छ भन्दै चाटिदिए तर सन्चो भएन बरु घाउ झन बढेको छ, अहिले झिंगा (माखा)बसेर किरा नि पर्न लागेको छ , मानव रुपि दानब मेरो नजिक पर्दैनन्, म नजिक जान खोजे भने पनि नाक ढोबेर धुर-धुर गर्छन, सायद किरा परेको र  गनाएर होला।  म सार्है कम्जोर शिथिल थिए।बाच्दिन कि जस्तो लागेको थियो, तर दानव रुपी मानव मात्र हैन यो संसारमा मानव रुपी देवता पनि रहन्छन भन्ने मलाइ थाहा थ्यो।  फलस्वरूप अहिले म ICONIC Youth For Animal टिमको निगरानीमा उपचारको क्रममा छु।  म मा एउटा जिबनको आशाका किरणहरु पलाएका छ्न.....र म बिन्ति गर्छु पशुलाइ पनि यो सृष्टिको सुन्दर फुल सम्झेर माया गर्दिनुहोला। 

परिकल्पना /लेखन :प्रकाश पाण्डे 

कमेन्ट गर्नुहोस्