लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरिया बिकासको शृंखला, इतिहासदेखि बर्तमानसम्म : बिक्रम थापा

tillotmacitynews - 2021 Jan 04 10:35 PM
IMG

    एउटा जमना थियो, जतिबेला सिलाएको खादिको जांगे र कमिज लगाइने गरिन्थ्यो।कालो हत्तासोले ढ्याम ढ्याम ठोकेर बनाएका घरेलु गुन्द्रीको पहिचान छुट्टै थियो।पोलिथिनको झोला कहाँ थियो र त्यतिबेला।त्यतिबेला त केराको सुप्ला(बोक्रामा)मा हालेर खसिको मासु पोको पारिन्थ्यो।रातो माटोले लिपेको पिंढिमा बसेर  मासुको झोल संग जांतोमा पिसेको कोदोको ढिडो कप्लक-कप्लक निल्दा कति स्वाद आउथ्यो। त्यतिबेला हाम्रो देश नेपालमा भर्खर भर्खर प्राजातन्त्र र बहुदलीय ब्यबस्था आएको थियो।"अत्याचार,दमनका कुरा हुन्थे।हामिलाई त त्यो चार भञ्ज्याङको कुरा के थाहा र भोलि बिहान ऊ माथी आकाशमा तीन तारे हेरेर उठ्नु छ।दैनिक दिनचर्या दाउरा घांस,पंधेरो,स्कुल पाठ बस यति नै।दोस्रो बिश्वयुद्ध पछि जन्मिएका आन्दोलनहरु सम्पुर्ण स्वतन्त्रताको लागि आएका थिए भनेर इतिहासको पानोमा पढ्न पाइन्छ।आज तिनै मध्यको कोरियाको इतिहासको पानो बाट।  


      कोरियाको ईतिहासमा पनि स्वतन्त्रका लागि धेरै आन्दोलन भएका थिए। तत्कालीन अखण्ड कोरियाको भौगोलिक अबस्था समुन्दले घेरेको भएपनि हाम्रो देश नेपाल दुई ढुङ्गाको तरुल (पृथ्वीनारायण शाहको भनाई)भने जस्तै त्यो कोरियाको उखान अनुसार  "ह्वेल माछाको लडाइँमा झिंगा माछा पिल्सिन्छन" भनेर भन्ने गर्दछन।यहाँनेर एउटा कुरा जोडिहालौं। कोरियाका धेरैजसो उखान टुक्काहरु हाम्रो देशको उखानसंग मिल्दछन। किनकी कोरियाको उत्तरमा रसिया,चीन,सथै समुन्द्रको पारीपट्टि पुर्बमा जापान जस्ता शक्तिशाली रास्ट्र भएकोले यसो भनिएको हो।

बुद्ध धर्म र जन्म दिने मातापिता सर्वश्रेष्ठ धर्मको रुपमा मान्दै आएको देश हो कोरिया।


"कोरियामा इसाई धर्मको पहिलो पाइलो इसाई धर्म स्थापित"

    सन १८८५ मा अमेरिकाले इसाई धर्मको प्रचारप्रसार गर्न  एक जना एपेनजेलर (appenzeller) भन्ने पादरिलाई पठाएर एउटा अंग्रेजी तथा बाइबल स्कुलको स्थापना भएको।त्यो स्कुल कोरियाको पहिलो आधुनिक स्कुलमा गनिएको थियो।जस्लाई फेजे हाक दाङ भनेर नामाकरण गरिएको थियो।भर्ना हुने पहिलो बिद्यार्थी ई सुङ मान भन्ने थिय भनेर भनिएको छ।(जो पछि गएर कोरियाको जननिर्बाचित पहिलो रास्ट्रपति बनेका छन) कोरियाको इतिहासमा अंग्रेजी पढ्ने पहिलो बिद्यार्थी पनि यिनै  हुन भनिएको छ।सन १८९४ मा कोरियामा राजा र जनताबिच बहुदल र प्रजातन्त्रका लागि ठूलो जनअन्दोलन भएको थियो।त्यो आन्दोलनबाट जनताहरुको जित भएको थियो भने राजाले बहुदल स्वीकार गर्नु परेको थियो।तत्पश्चात राजाले जनताको हक अधिकार सुनिश्चित गरि स्वतन्त्रता दिएका थिय। कोरियाका राजाले जनतालाई प्रजातन्त्र त दिए।


"जापानको आगमन कोरिया जापानको अधिनमा।"

      कोरिया सदैब चीन,रसिया र जापानको चपेटामा हुनाले बहुदलीय प्रजातन्त्रले बामे पनि नसर्दै जापान र चिनले गिद्दे नजर लगाए। चीन र जापानले कोरियालाई कब्जा जमाउन खोजे।कोरियालाई कस्ले अधिनमा राख्ने भनेर जापान र चिनको विवाद भयो।जुन देशले जित्ने छ उसैले कोरियालाई उपनिवेश बनाउने छ भन्ने  सर्तमा कोरियाको मोलमोलाइ भयो।अनि चीन र जापान बिच युद्द भयो।आखिर जापानले नै जित हासिल गर्यो। यस्लाई अंग्रेजिमा सिनो जापान वार भनेर भनिन्छ।राजाले जनतालाई दिएको अधिकार जापानी पोल्टामा गयो।कोरियनहरुको प्रजातन्त्र जापानीहरुको छायांमा लुक्न पुग्यो।कोरियनहरुलाई जापानी विरुद्ध आन्दोलन गर्नुपर्ने भयो ।


"इ सुङ मान क्रान्तिकारी युवाको आगमन "

सन १९९८ मा  ई सुङ मान भन्ने क्रान्तिकारी नेताले  कोरियाको मेइल सिनमुन भन्ने पत्रिकामा देशको स्वतन्त्रता र लोकतन्त्रको बारेमा आफ्नो अभिव्यक्ति छपाएर जापानको विरुद्ध आन्दोलन सुरु गर्न आवाहान गरे।तर जापानले उनलाई पक्राउ गरेर जेल हाल्यो।उनलाई धेरै पछि रिहा गरिदियो जापानी सरकारले। तर पनि उनी लुकिलुकि आफ्नो देश र जनताको मौलिक हक र अधिकारको लागि आन्दोलन गरिरहे।यस्तैमा फेरि पक्राउ गर्यो, जापानी पुलिसद्वारा उनलाई पुन जेल हालियो।

 

"अर्को ह्वेल माछा रसियाको टकराव जापानसंग"

     फेरि सन १९०४ मा रसियाले जापनलाई आक्रमण गर्यो।अब जापान र रसियाको युद्द भयो दुरुस्तै कोरियाको भुमीलाई लिएर।यो युद्ध सन १९०५ सम्म एक बर्ष चल्यो।यहि समय थियो रसिया र जापानको युद्ध जहाँ इतिहासमा रसियाको घमण्ड तोडिएको थियो।रसियाको नाक काटिएको थियो।किनकी यो बेलासम्म रसिया संसारमा शक्तिशाली राष्ट्रमा गनिएको थियो।


"जापानको उपनिवेश अखण्ड कोरिया"

रसिया र चिनलाई हराइसकेपछि शक्तिशाली बनेको जापानले कोरियालाई बैधानिक रुपमा नै उपनिवेशमा परिणत गरायो।सन १७६४ को भारतको बक्सर युद्धबाट हारेर मुगल,नवावहरु हिप्पिहरुको कठपुतली बनेजस्तै कोरियनहरु पनि जापानीहरुको इसारामा नाच्नुपर्ने बाध्यताका कालादिन सुरु भए।१९ सय बर्ष सम्म रहेको कोरियन राजाको ईतिहास सन १९१०मा जापानको कारण समाप्त भएर गयो।अब उपनिवेशमा परिणत भयो।अनि सन १९१०बाट पुर्णरुपमा कोरियाको अधिकार जापानको हातमा गयो।


"हजारौ किलोमीटर टाढा अमेरिकाबाट पनि गिद्दे नजर कोरियामा"

ई सुङ मान पनि जेलबाट रिहा भए।जेलमा हुने बेला यी ई सुङ मानलाई अमेरिकी इसाई धर्मका प्रचारकहरुले खुब अंग्रेजी किताबहरु पढ्न दिएका थिय रे।ती मध्य अंग्रेजी किताब outlook भन्ने खुब पढेका थिए भनेर इतिहासबाट अवगत हुन्छ।जेल बाट मुक्त हुने बित्तिकै यिनले  इसाई धर्म अपनाए।तत्पश्चात यिनलाई चर्चले अमेरिका अंग्रेजी, बाइबल,अनि राजनीति शास्त्र पढाउन पठाए। उनी त्यहां गएर प्रीन्सटन बिश्वबिधालयमा भर्ना भए।बाइबल,अंग्रेजी,साहित्य,विशेष गरि राजनिती शास्त्रमा पि.एच.डि.नै गरे। अंग्रेजी थेसिस लेखे।अन्तर्राष्ट्रिय स्तरको राजनिती शास्त्रमा पि.एच.डि.गर्ने पहिलो कोरियन नागरिक बने।त्यहीबाट उनले आफ्नो देश कोरियाको जापनी बिरुद्ध स्वतन्त्रताका लागि अन्दोलन सुरु गरेका थिए। जापानीहरुलाई धपाउनका लागि संगठन खडा गरे।त्यतिबेला कोरियनहरु अमेरिकामा उखुको खेतिमा काम गर्दथे। उनिहरुलाई पढाए।शिक्षा दिए।कोरियामा पनि जापानी शासन बिरुद्द आन्दोलन चर्कीरहेको थियो।जापानले कोरियामा बर्बरतापुर्बक दमन गरिरहेको थियो।ई सुङ मान अमेरिका बाट आवाज रेकर्ड गरेर कोरियामा भएका सहयोगिलाई चीनमा गएर एउटा संगठन गर्न भनी आब्हान गरे।कोरियामा भएकाहरु चाइना संघाइ गएर भुमिगत रुपमा  कामचलाउ कोरियन सरकार गठन गरे।अब जापान देशमा पढन गएकाहरु पनि चीन जान थाले। जापानीहरु विरुद्धको कोरिया छोड आन्दोलन सर्बत्र फैलियो।कोरियाका जनता बाठा भइसकेका थिय।आन्दोलन अन्तर्राष्ट्रिय स्तरमा फैलिसकेको थियो।एउटा कुरा यहाँ जोडौं कोरियामा "जापानीहरु कोरिया छोड आन्दोलन " इन्डियाका महात्मा गान्धीको अहिंसाको आन्दोलन अपनाएका थिय।


 "दोस्रो बिश्व युद्धको समाप्त,कोरियामा स्वतन्त्रता" 

  हिरोसिमा र नागासाकीमा बम खसे पछि  जापानले दोस्रो बिश्व युद्धमा आत्मसमर्पण गर्ने कारण बन्यो।साथसाथ कोरियामा पनि जापानले आत्मसमर्पण गरेको थियो।र सन १९४८मा सबै जापानी जापान फर्केका थिए।जापानले सन सन १९१० देखि सन १९४५ सम्म ३५ बर्ष राज्य गरेको थियो।कोरियालाई चुसेर खोक्रो बनाइदिएको थियो।जापानले जति पनि देशलाई आफ्नो अधिनमा लिएको थियो त्यो सम्पुर्ण कोरियालाई शोषण गरेर कोरियामा भएको खजना खोसेर प्रयोग गरि जितेको थियो।


"कोरिया जापान बाट स्वतन्त्र कोरियन सरकारको गठन साथै उत्तर र दक्षिण कोरियाको नामाकरण"

  कोरिया सन १९४८मा जापानबाट स्वतन्त्रताले त जन्म लियो,तर रसिया र अमेरिकाले फेरि कोरियाको भुमिलाई भागबन्डा गरे।अखण्ड कोरिया टुक्रिन पुग्यो।उत्तर कोरिया र दक्षिण कोरिया दुई नयाँ देशले जन्म लिए। इसुङ मान जस्ले कोरियाको जापानीहरु कोरिया छोड आन्दोलनमा सक्रिय भुमिका तथा योगदान दिए।उनैलाई सम्पुर्ण दक्षिण कोरियाका मानिसले सर्वसम्मतीबाट रास्ट्रपतिमा चयन गरे।अनि कोरियाको पहिलो जनता द्वारा चुनिएको पहिलो रास्ट्रपति बन्न पुगे जस्ले देशलाई ठूलो योगदान दिए।


  रास्ट्रपति बनेपछि इसुङ मान 

 यिनले देशमा पहिलो काम जनता शिक्षित हुनुपर्छ भनी प्रा.बि.देखि मा.बि सम्म अनिबार्य स्कुल पढाउनु पर्ने नियम बसाले।यदि अभिभावकले नपढाएमा जरिवाना दिनुपर्ने नियम राखे।संविधानको निर्माण गरे।कृषि आधुनिकरण हुनुपर्दछ भनेर अभियान चलाए।स्कुल,क्याम्पस,अस्पताल गाउंको कुना-कुना खोल्ने नियम राखे।पंच बर्षिय योजना ल्याए।यो सम्पुर्ण अभियान कोरियामा आज सफल अबस्थामा छ।आज उनलाइ एक रास्ट्रपिताको रुपमा मान्दछन।कोरिया जस्तै नेपालमा पनि पाठ सिकेर देशमा अझ प्रगती गर्न सकियोस शुभकामना।


यिनको देश प्रतिको संघर्ष हेर्दा हाम्रो देशमा पनि 

 मामाको हत्या पश्चात् राजाको सम्पुर्ण अधिकार खोसी पारिबारिक निरंकुश शासनको सुरुवात गर्ने श्री ३ राणा जंगबहदुर देखि सुरु भएको १०४ बर्षे निरंकुश शासनलाई अन्त्य गर्न कतिले शुलिमा झुन्डिनु पर्यो।कतिले जेलनेल खानु पर्यो।सम्पूर्ण क्रान्तिकारी युग पुरुषहरुलाई हाम्रो सदा सम्मान छ।वाहांहरुले गरेको अतुलनीय योगदानको हामिले सदा कदर गर्न सकौं।वहांहरुको इमान र नैतिकताको अनुसरण गर्न सकौं।जस्ले हाम्रो देश नेपालमा प्रजातन्त्र ल्याइदिए,ती सम्पुर्ण धरोहरलाई शब्दको दुइटा गुच्छाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।हाम्रो माननीय सम्पुर्ण नेताहरुमा चेतना जागोस।बिदेश भएका सम्पुर्ण बोलाउने अनि स्वदेशमै जागिर गर्ने बिधान आओस।हामी सबैको कल्याण होस।अबको हाम्रो पुस्ता बिदेसिनु नपरोस्।

कमेन्ट गर्नुहोस्