
काठमाण्डौ : नेपाली कांग्रेसले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा यही पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ ।पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ओलीको कदमको विरुद्धमा आन्दोलन गर्ने या चुनावमा जाने भन्ने विषयमा विवाद हुँदा एक बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको थिएन । पदाधिकारी बैठकको यो निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।कांग्रेसको जारी बैठकमा देउवा पक्ष चुनावमा जाने पक्षमा छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने अडानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्